बेलायतमा केक काटेर गरियो पार्टी एकताको स्वागत

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

रेडिङ । नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्रबीच हालै गरिएको पार्टी एकीकरणको प्रभाव बेलायतमा पनि देखिएको छ ।  नेकपा एमाले निकट प्रवासी नेपाली मंच बेलायतको रेडिङ इलाका कमिटीले गत आइतबार केक काटेर पार्टी एकताको स्वागत गरेको छ । 

 

रेडिङ इलाका कमिटिका अध्यक्ष प्रतिमा केसी तथा पूर्व अध्यक्षहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसंग खुशी साटेका थिए । स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन  क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठुलो उपस्थितिमा बिबिक्यु तथा मनोरंजनात्मक कार्यक्रम गरी स्वागत कार्यक्रम गरियो ।

रेडिङ इलाका कमिटी अध्यक्ष प्रतिमा केसीको अध्यक्षता, सचिब कृष्ण आचार्यको संचालन र उपाध्यक्ष नारायण कंडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रवासी नेपाली मंचका युरोप क्षेत्रीय सदस्य राम शरण सिम्खडाको प्रमुख आतिथ्यता तथा प्रवासी नेपाली मंच बेलायतका उपाध्यक्षद्वय कुमार केसी र नारद भण्डारीको उपस्थिति रहेको थियो ।

 

बिबिक्यु सहितको खानपान, औपचारिक कार्यक्रम तथा मनोरन्जन गरी तीन चरणमा गरिएको उक्त कार्यक्रममा मंचका युरोप क्षेत्रीय सदस्य तथा पूर्व अध्यक्ष रामशरण सिम्खडाले एमाले र माओवादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको भन्दै देश विकासको लागि यो एउटा महत्वपूर्ण खुड्किलो हुने धारणा व्यक्त गरे । प्रवासी नेपाली मंच बेलायतका उपाध्यक्ष तथा रेडिङ इलाका इन्चार्ज  नारद भण्डारीले माओवादीसंग विगतमा कतिपय कुरामा मनमुटाब र असमझदारी भए पनि पार्टी एकीकरण स्वागतयोग्य रहेको बताए । प्रवासी नेपाली मंच बेलायतका पूर्व सल्लाहकार तथा रेडिङ इलाका कमिटीका पूर्व अध्यक्ष डा. कृष्ण रेग्मीले पार्टी एकीकरण आफैमा सकारात्मक रहेको बताउंदै यसलाई पूर्ण रुपमा व्यवहारमा लागु गर्नुपर्ने धारणा राखे ।  कार्यक्रममा बुद्धिजिबी डा. चन्द्र बहादुर गुरुङ, रेडिङ इलाका कमिटीका पूर्व अध्यक्ष अर्जुन बस्नेत तथा देबेन्द्र श्रेष्ठले समेत आफ्नो भनाइ  राखेका थिए । 

त्यसअवसरमा प्रवासी नेपाली मंच युकेका उपाध्यक्ष कुमार केसीले विभिन्न तीनवटा प्रस्तावहरु पेश गरेका थिए ।  दुवै पार्टी एकीकरण भएकोमा सर्वसम्मत रुपमा स्वागत गर्ने, रेडिङ तथा त्यस क्षेत्रमा रहेको माओवादीको भातृ संगठन नेपाली जनप्रगतिशील मंचसंग एकताको छलफल गर्न पांच सदस्यीय कमिटी गठन गर्ने र लामो समयदेखि स्वास्थ्य उपचार गराइरहेका प्रा. नारायण गुरुङको स्वाथ्यलाभको कामना गर्ने प्रस्ताव सर्र्वसम्मत रुपमा पारित भएका थिए ।  एकता वार्ता तथा छलफलका लागीे रेडिङ इलाका कमिटिका अध्यक्ष प्रतिमा केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करन गुरुङ रहेको पांच सदस्यीय कमिटी बनाइएको छ । 

कार्यक्रमको अन्तमा इलाका कमिटीका अध्यक्ष प्रतिमा केसीले नेपालमा दुई पार्टी एकिकरण भएको खबर निकै सुखद रहेको भन्दै बेलायतमा पनि छिट्टै पार्टी एकता हुने विश्वास व्यक्त गरिन् ।  कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने भीमसेन खड्का, रामेश्वर थापा, सुरेश थापा, लक्ष्मण श्रेष्ठ लगायतलाई उनले धन्यवाद दिइन् । 

-कुमार केसी 

 


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 2 hours ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 2 hours ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 2 hours ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।