बिजनेस भिसाको रुटलाई खुकुलो पार्दैे बेलायत, डिग्री अनिवार्य नहुने

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

लण्डन । बेलायत सरकारले बिजनेस भिसामा बेलायत आउन चाहने विदेशी उद्यमीहरुका लागि भिसाको प्रक्रिया केहि खुकुलो बनाउने तयारी गरेको छ । 

 

बिजनेस भिसाका लागि यसअघि रहेको नीतिलाई परिवर्तन गर्दै बेलायतले आवेदकको युनिभर्सिटी डिग्री हुनुपर्ने प्रावधान हटाउने भएको छ । 

 

नयां नीतिले कुनै युनिभर्सिटी डिग्री नहुनेहरुले पनि बेलायतको बिजनेस भिसाका लागि आवेदन गर्न पाउनेछन् । नयां नीति आउंदो वर्षदेखि कार्यान्वयनमा आउने जानकारी बेलायत सरकारले गराएको छ । 

 

यसअघि अहिले प्रचलनमा रहेको व्यवस्थाअन्तर्गत बेलायतको बिजनेस भिसा लिन आवेदकले युनिभर्सिटी लेभलको डिग्री पूरा गरेको हुनुपर्छ । 

 

बेलायतमा व्यवसाय स्थापित गर्न ईच्छुक र सक्षम उद्यमीहरुलाई प्रोत्साहन गर्न नयां नीति ल्याउन लागेको सरकारले बताएको छ । यसका साथै, बिजनेस भिसाको लागि गरिने आवेदन प्रक्रियालाई समेत थप सहज र छरितो बनाउने योजना सरकारले सार्वजनिक गरेको छ । 

 

ईच्छुक र सक्षम विदेशी उद्यमीहरुलाई प्रोत्साहन गर्न नयां नीति ल्याउन लागेको सरकारले बताएको छ ।

 

नयां नीतिले थप उद्यमीहरुलाई बेलायतमा व्यवसाय स्थापना गर्न सहज बनाउने अपेक्षा गरिएको छ । तर यो नीतिबाट कति संख्याका आवेदकहरु लाभान्वित हुनेछन् भन्नेबारे भने होम अफिसले कुनै जानकारी गराएको छैन । 

 

इमिग्रेसन मामिलाका जानकारहरुले सरकारले बिजनेस भिसाको लागि डिग्रीलाई अनिवार्य नगर्ने नीति ल्याउनु सकारात्मक रहेको तर यसबाट संख्यात्मक रुपमा खासै धेरैजना लाभान्वित हुने सम्भावना नरहेको बताएका छन् । 

 

बिजनेस भिसा लिनका लागि विदेशी उद्यमीहरुलाई युनिभर्सिटीको डिग्रीले भन्दा पनि बढि लगानीले अफ्ठेरो पार्ने गरेको उनीहरुको भनाइ छ । 

 

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 14 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।