तेस्रो यूके डान्स अफ २०१८ को तयारी सुरु, फाइनल अक्टोबर १४ मा 

  • शुक्रबार, ८ भदौ, २०७५
  • 2 months ago
  • युके

तस्बिर : शिव भण्डारी 

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको नृत्य प्रतियोगिता 'यूके डान्स अफ'को तेस्रो संस्करणका लागि तयारी सुरु भएको छ ।  तेस्रो यूके डान्स अफ २०१८ को फाइनल आगामी अक्टोबर महिनाको १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा तय भएको छ । 

 

प्रतियोगिताको आयोजक सपन इन्टरटेनमेन्ट यूकेका निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङले विहिबार सांझ लण्डनमा एक प्रेस मिट आयोजना गर्दै कार्यक्रमको तयारीबारे जानकारी गराएका छन् । 

 

'यूके डान्स अफका विगतका दुई वटा संस्करणको सफलतापछि अहिले हामी ठूलो उत्साहका साथ तेस्रो वर्षका लागि तयारीमा जुटेका छौं',  निर्देशक सपनकुमार राईले भने, 'यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्यसहित हामी लागिरहेका छौं ।'

 

यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ । ईच्छुक प्रतियोगीहरुले यहि अगस्ट महिनाको ३१ तारिखसम्म आफ्नो नृत्य गरेको भिडियो आयोजकको इमेल sapanentertainment@outlook.com  मा पठाउन सक्नेछन् । आयोजकलाई उनीहरुको  फेसबुक पेज मार्फत  पनि सम्पर्क गर्न सकिनेछ । 

 

प्रतियोगितामा भाग लिन १५ वर्षभन्दा माथिको उमेर हुनुपर्नेछ । १६ वर्षसम्मका प्रतियोगीहरुले भने प्रतियोगिताका दिन आफ्नो अभिभावक पनि साथमै लिएर आउनुपर्नेछ । प्रतियोगीहरुलाई ५० पाउण्डको प्रवेश शुल्क लाग्नेछ । 

 

'यूके डान्स अफ नृत्यमा प्रतिभा र प्यासन दुवै भएकाहरुको लागि हो । नृत्यको कौशल मात्र नभएर यो क्षेत्रमा केहि गर्छु भन्ने अठोट पनि हुनेहरुका लागि यो उपयुक्त प्लेटफर्म हो', कार्यक्रम संयोजक निशाले बताइन् । 

यसरी इमेलमार्फत प्राप्त भएका भिडियोहरुको आधारमा फाइनलका लागि १० जना प्रतियोगी छनौट गरिनेछन् । 

 

यस वर्षको प्रतियोगितामा निर्णायकको भुमिकामा नेपाली चलचित्र क्षेत्रकी चर्चित नृत्य निर्देशक रेनासा राई, लोकप्रिय नायक दिलीप रायमाझी, नृत्य निर्देशक कविराज गहतराज, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार तथा यूके डान्स अफबाटै उदाएका नायक धिरज मगर रहनेछन् । 

 

प्रतियोगिताको फाइनलका दिन विभिन्न २ राउण्डमा प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । 'स्वदेशको झल्को' नामको पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य देखाउनुपर्नेछ भने दोस्रो 'क्याच द रिदम' राउण्डमा आफुलाई मन पर्ने जुनसुकै गीतमा नृत्य देखाउन सक्नेछन् । 

 

प्रतियोगीहरुको प्रस्तुतिमा निर्णायकहरुले प्रदान गरेको अंकबाट ७० प्रतिशत र फाइनल हेर्न उपस्थित दर्शकहरुले प्रत्यक्ष रुपमा दिएको मतबाट ३० प्रतिशत जोडेर अन्तिम नतिजा निकालिनेछ । 

 

मुल्यांकनलार्ई सकेसम्म बढि निश्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले विगतका वर्षहरुमा जस्तै युट्युबमा अपलोड भएको भिडियोमा दिइएको मतलाई भने यसपटक नतिजाको लागि गणना नगरिने भएको छ । 

प्रतियोगिताको फाइनल हेर्न ६ सय दर्शक उतार्ने योजना आयोजकको छ । 

 

यूके डान्स अफको विजेतालाई १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । 

 

तर सक्षम विजेताहरुको लागि नेपाली चलचित्र र मिडिया क्षेत्रमा आकर्षक अवसरहरु समेत रहने आयोजकको विश्वास छ । यसपटकको कार्यक्रममा पनि निर्णायक र अतिथीका रुपमा नेपाली चलचित्र क्षेत्रबाट स्थापित कलाकार, निर्देशक र निर्माताहरु  सहभागी हुंदैछन् । बलिउडका केहि अतिथीलाई समेत कार्यक्रममा उपस्थित गराउने पहल आयोजकले गरिरहेका छन् । 

 

 

'नृत्यमा प्रतिभा र प्यासन हुने प्रतियोगीहरुको लागि चलचित्र क्षेत्रमा अवसरको ढोका खोलिदिनु नै हाम्रो कार्यक्रमको मुख्य उद्धेश्य हो' , सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई भन्छन्, 'विगतका दुवै वर्षमा आएका केहि प्रतिभावान प्रतियोगीले नेपाली चलचित्रहरुमा लिड रोलसम्मको मौका पाएका छन् । यसले हामीलाई आउंदो कार्यक्रमको लाथि थप उत्साहित बनाएको छ ।'

 

यसअघि यूके डान्स अफ २०१७ की विजेता जसिता गुरुंग अहिले नवनायिकाका रुपमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल छन् । यूके डान्स अफकै प्रस्तुतिबाट प्रभावित भएर निर्देशक मिलन चाम्सले जसितालाई चलचित्र लिलीबिलीमा अवसर दिए । उक्त चलचित्रको सफलतापछि जसिताका हातमा अहिले झण्डै १ दर्जन चलचित्रका लागि अफरहरु आएका छन् । 

 

त्यस्तै, यूके डान्स अफकै स्टेजबाट उदाएका धिरज मगरले पनि नेपाली चलचित्र क्षेत्रमा दमदार डेब्यु गर्दैछन् । यूके डान्स अफमा गरेको प्रस्तुतिकै आधारमा धिरजले चलचित्र इन्टु मिन्टु लण्डनमा मौका पाएका थिए । जुन चलचित्र अर्को महिना रिलिज हुंदैछ । 

 

यूके डान्स अफ २०१८ लाई सफल बनाउनको लागि अहिले आयोजक सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई र  मञ्जु गुरुङ   तथा कार्यक्रमकी संयोजक निशा गुरुङसहितको टोली तयारीमा जुटिरहेको छ । यस वर्षको कार्यक्रमको लागि प्रमुख सल्लाहकार सुर्य गुरुङ , कानुनी सल्लाहकार सोलिसिटर राजु थापा र सल्लाहकार डा कपिल रिजाल छन् । त्यस्तै, कार्यक्रमको मुख्य स्पोन्सर कमल गुरुङ  र पुनम गुरुङ  (एनआरएन यूके उपाध्यक्ष) सञ्चालक रहेको न्यूबरीस्थित गोर्खा सेफ रेष्टुरेन्ट छ ।

 

यूके डान्स अफको आयोजक सपन इन्टरटेनमेन्ट बेलायतमा पछिल्लो २५ वर्षदेखि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको एक स्थापित इभेन्ट अर्गानाइजर हो । सपन इन्टरटेनमेन्टले अहिलेसम्म नेपालबाट महजोडी, भुवन केसी, अनमोल केसी, सन्तोष पन्त, अञ्जु पन्त, सुगम पोखरेल, प्रियंका कार्की सहित ८० भन्दा बढि नेपाली कलाकारलाईै बेलायतमा ल्याएर सफल कार्यक्रमहरु गरिसकेको छ ।

 


थप समाचार

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 8 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 9 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 12 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।