बेलायतका विवादित डिटेन्सन सेन्टर : खर्च बढि, प्रभाव कति ?

  • आइतबार, ११ कार्तिक, २०७५
  • 7 months ago
  • युके
Education Park

 

लन्डन ।  इमिग्रेसन नियन्त्रणका नाममा बेलायत सरकारले पछिल्ला केहि वर्षयता चरम कठोरता अपनाउंदै आएको छ । एक वर्षको अवधिमा बेलायतमा हुने कुल इमिग्रेसनलाई १ लाखभन्दा तल झार्नेे असम्भवप्राय लक्ष्यलाई पछ्याइरहेको यो सरकारले जे, जसरी हुन्छ, आप्रवासीको संख्या घटाएरै छोड्ने कोशिस गरिरहेको छ । यसक्रममा कतिपय अवस्थामा त मानवअधिकारका आधारभूत सिद्धान्तहरुमाथि समेत प्रहार गर्दै आएको छ बेलायत सरकारले । 

 

इमिग्रेसन नियन्त्रणका नाममा बेलायत सरकारले विभिन्न हत्कण्डाहरु प्रयोग गरिरहेको छ । तीमध्ये एउटा प्रमुख बनेको छ डिटेन्सन । 

 

बेलायतमा बस्ने कानुनी अधिकार नरहेका वा अझ स्पष्ट रुपमा भन्दा हातमा भिसा नभएका जो कसैलाई कुनै पनि बेला डिटेन गर्ने (नियन्त्रणमा लिने ), डिटेन्सन सेन्टरमा राख्ने र उपाय लागेसम्म डिपोर्टेसन (उनीहरुकै देश फर्काउने) क्रम अहिले निकै बढेको छ ।

 

यसरी डिटेन्सन सेन्टरमा रहने र डिपोर्ट हुने आप्रवासीहरुको संख्या एकातिर बढ्दै गइरहेको छ भने अर्कोतिर तीनै डिटेन्सन सेन्टरहरुमा बस्नको लागि लायक वातावरण नभएको, कतिपयलाई वर्षौंसम्म बन्दी बनाएर राखिएको जस्ता समस्याहरु पनि बाहिर आइरहेका छन् । 

 

डिटेन्सन सेन्टरमा बन्धक बनाएर राखिने आप्रवासीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यहि प्रयोजनमा सरकारले हरेक वर्ष सयौं मिलियन पाउण्ड कोष खर्च गर्दै आएको छ । तर के यहि अनुपातमा डिटेन्सन सेन्टरहरुले सरकारले भनेजस्तै इमिग्रेसन नियन्त्रणको काम गरिरहेका छन् त भन्ने गम्भीर प्रश्न उब्जिएको छ । 

 

 

कति छन् डिटेन्सन सेन्टरमा आप्रवासीहरु ?

मानवअधिकारको पुर्ण प्रत्याभुति रहेको तथा प्रजातन्त्रकै जननी मुलुक भनेर प्रचार गरिने बेलायतजस्तो देशमा आप्रवासीहरुलाई अमानवीय हिसाबले कैद गर्ने डिटेन्सन सेन्टरहरु आलोचनाबाट मुक्त रहन सकेका छैनन् । विशेष गरी डिटेन्सन सेन्टरमा बस्न योग्य वातावरण नरहेको, धेरैलाई वर्षौंसम्म पनि त्यहिं राखिएको जस्ता कारणले यी सेन्टरहरुलाई थप विवादित बनाएको छ । आप्रवासी अधिकारको वकालत गर्ने कतिपय मानवअधिकारकर्मीहरुले त यी डिटेन्सन सेन्टर नै खारेज गर्नुपर्ने माग समेत गर्दै आएका छन् । 

 

जतिसुकै आलोचित र विवादित बनेपनि बेलायत सरकारले यी डिटेन्सन सेन्टरमा उल्लेखनीय रुपमा सुधार गरेर भने अहिलेसम्म देखाउन सकेको छैन । 

 

सरकारले बेलायतमा बस्ने कानुनी अधिकार नरहेका जो कसैलाई पनि डिटेन्सनमा राख्न सकिने भनेर खुकुलो बनाएको छ । जसका कारण यी डिटेन्सन सेन्टरमा कैद हुने आप्रवासीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । बेलायतमा कानुनी अधिकार नभएका आप्रवासीहरुमध्ये पनि विशेषगरी अंग्रेजी राम्रोसंग बोल्न नसक्ने र बेलायतमा हालै आएका नयां आप्रवासीहरु डिटेन्सनको सजिलै शिकार बन्ने गरेको देखिन्छ ।

 

एक पछिल्लो तथ्यांकका अनुसार सन् २०१७ मा बेलायतमा २७ हजार आप्रवासीहरु डिटेन्सनमा परेका थिए । 

 

बेलायतको इमिग्रेसन व्यवस्थाको एक अभिन्न पाटो बनेको छ डिटेन्सनको व्यवस्था । तर यसअन्तर्गत आप्रवासीहरुलाई कुनै निश्चित समयसीमा बिना मनलाग्दो अवधि थुनेर राखिदिने प्रवृत्ति हावी हुंदै गइरहेको छ । 

बेलायतमा आप्रवासीहरुलाई डिटेन्सनमा राख्नको लागि सन् १९७१ इमिग्रेसन ऐनले बाटो खुला गरिदिएको थियो । तर पूर्व प्रधानमन्त्री टोनी ब्लेयर नेतृत्वको लेबर सरकारको पालादेखि मात्रै डिटेन्सन सेन्टरमा उल्ल्ेख्य आप्रवासीहरु राख्न सुरु गरिएको हो । 

सन् २००० मा बेलायतमा डिटेन्सन सेन्टरहरुमा ४ सय ७५ जनासम्म आप्रवासी राख्ने क्षमता थियो भने अहिले त्यो क्षमता ३५ सय जनासम्मको लागि विस्तार भएको छ । 

 

 

कसरी गरिन्छ डिटेन ?

विभिन्न प्रक्रियाबाट आप्रवासीहरुलाई नियन्त्रणमा लिएर सरकारले खडा गरेका डिटेन्सन सेन्टरमा ल्याउने गरिएको छ । कतिपय आप्रवासीहरु बेलायतमा पहिलो पाइला राख्ने क्रममा विमानस्थलबाटै नियन्त्रणमा लिइन्छन् र डिटेन्सन सेन्टरमा पुर्याइन्छन् । 

त्यस्तै, होम अफिसको रिपोर्टिंग सेन्टरमा रिपोर्ट गर्न जाने क्रममा समेत कतिपयलाई डिटेन गर्ने गरिएको छ ।  हालै सार्वजनिक भएको एक अध्ययनको प्रतिवेदनअनुसार यसरी रिपोर्टिंग सेन्टरबाट डिटेन हुनेहरु करिब १५ प्रतिशत हुन्छन् । 

 

यसैगरी अरु अवस्थाहरुमा होम अफिसको छापाका क्रममा पक्रिएका, भिसा रिन्यू गर्नको लागि होम अफिसमा आवेदन पठाएकाहरु पनि डिटेन्सनमा पर्ने गरेका छन् । 

सन् २००७ मा बेलायतको अध्यागमन ऐनले कतिपय पूर्व अपराधीहरुलाई स्वतः डिटेन्सनमा राख्ने व्यवस्था सुरु गराएपछि यसरी डिटेन्सनमा पर्नेहरुको संख्या बृद्धि भएको छ । गार्डियन पत्रिकाले गरेको एक अध्ययनको क्रममा डिटेन्सनमा सेन्टरमा रहेका आप्रवासीहरुमध्ये कैयौंले जेलमा सजाय कटाएर बाहिरिएपछि सिधै डिटेन्सनमा परेको बताएका थिए । 

 

बेलायतमा आप्रवासीहरुलाई नियन्त्रणमा लिएर राख्ने विभिन्न ८ वटा डिटेन्सन सेन्टरहरु छन् । अस्थाई रुपमा केहि समयलाई राख्न थप दुई केन्द्रहरु पनि छन् जहां १ हप्तासम्म राखिन्छ । 

यी सेन्टरहरुमध्ये अधिकांश पुरुषका लागि छन् भने बेडफोर्डशायरस्थित एक सेन्टर महिलाहरुको लागि छ । 

 

कतिपय अवस्थामा सामान्य जेलहरुमा समेत विदेशी नागरिकलाई डिटेन गरेर राख्ने गरिएको छ । विभिन्न अपराधमा जेल सजाय भोगेका विदेशीहरुलाई उनीहरुको सजाय पूरा भएपछि पनि सोहि जेलमै डिटेन्सनमा राख्ने गरिन्छ । 

 

 

को छन् डिटेन्सनमा ?

बेलायतका डिटेन्सन सेन्टरमा कुन देशका नागरिकहरु बढि छन् भन्ने विषय समयअनुसार फरक हुने देखिएको छ । गार्डियन पत्रिकाको अध्ययनका क्रममा नाइजेरिया र अल्जेरियाका नागरिकहरु धेरै भेटिएका थिए । होम अफिसको पछिल्लो तथ्यांकले भने सबैभन्दा बढि दक्षिण एशियाली मुलुकका नागरिकहरुलाई देखाएको छ । 

 

डिटेन्सन सेन्टरमा रहनेहरुमा महिलाको तुलनामा पुरुषको संख्या निकै बढि छ । उनीहरुमध्ये झण्डै ८५ प्रतिशत पुरुषहरु रहेको तथ्यांकले देखाउंछ । 

पछिल्ला वर्षहरुमा यी सेन्टरहरुमा रहने बालबालिकाहरुको संख्यामा निकै कमी आएको छ । सन् २०१० को सुरुमा डिटेन्सनमा रहेका बालबालिकाको संख्या २ सय ४० थियो भने सबैभन्दा पछिल्लो तथ्यांकअनुसार अहिले मात्र २२ जना बालबालिका डिटेन्सनमा छन् । सरकारले डिटेन्सन सेन्टरहरुलाई बालबालिका मुक्त बनाउन प्रतिबद्धताहरु गर्दै आइरहेको छ । तर गार्डियन पत्रिकाको अध्ययनले भने अझै पनि कतिपय बालबालिकालाई डिटेन्सन सेन्टरमा वयस्कहरुकै हिसाबले राखिएको देखाएको छ । 

 

खर्चिलो डिटेन्सन 

बेलायत मात्रै युरोपमा एक्लो देश हो जहां आप्रवासीहरुलाई डिटेन्सन सेन्टरहरुमा राख्न कुनै समयसीमा तोकिएको छैन ।

 

डिटेन्सनमा पर्नेहरु अधिकांश अवस्थामा केहि दिन वा सातामा छुटेपनि कतिपय भने २ वर्ष भन्दा लामो समयसम्म पनि ती सेन्टरमै रहने गरेको पनि पाइएको छ । 

डिटेन्सनमा राखिएकाहरुलाई पनि कति लामो अवधिसम्म राख्ने भन्ने बारे कुनै जानकारी नै दिने गरिएको छैन  । 

 

खर्चका दृष्टिबाट पनि यी डिटेन्सन सेन्टरहरुले सरकारको लागि निकै ठूलो आर्थिक भार बोकाइरहेका छन् । सन् २०१८ को मार्च महिनासम्मको १ वर्षको अवधिमा डिटेन्सन सेन्टरमा बेलायतले १ सय ८ मिलियन पाउण्ड खर्च गरेको छ । यस आधारमा हेर्दा कुनै एक आप्रवासीलाई १ दिनको लागि डिटेन्सन सेन्टरमा राख्न सरकारले झण्डै ८६ पाउण्ड खर्च गर्नुपर्छ । 

 

डिटेन्सन सेन्टरको लागि बेलायत सरकरको तर्फबाट यति ठूलो बजेट खर्च भइरहेको भएपनि सरकरले लक्ष्य लिएजस्तै इमिग्रेसन नियन्त्रणको रुपमा भने यी सेन्टरहरुले खासै भुमिका निर्वाह गर्न नसकिरहेको ठानिन्छ । 

 

 

 


थप समाचार

मनसुन आजदेखि देशभर सक्रिय

  • 31 seconds ago
मनसुन आजदेखि देशभर सक्रिय

काठमाडौँ । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

  • 26 minutes ago
स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन् भन्दै ढुङ्गाको सिलौटोमा पीठो मुस्दै बझाङको केदारस्यु गाउँपालिका–७ जसुडाका ६८ वर्षीया भुजीदेवी धामी ।

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

  • 37 minutes ago
तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।