बेलायतमा 'ई-सिगरेट' प्रयोगमा थप छुट दिन सांसदहरुको सिफारिस

  • शुक्रबार, १ भदौ, २०७५
  • 8 months ago
  • युके

लण्डन । बेलायतमा ईलेक्ट्रोनिक सिगरेटको प्रयोगका सम्बन्धमा विद्यमान व्यवस्थालाई थप खुकुलो बनाउन सांसदहरुले सिफारिस गरेका छन् । 

 

'ई सिगरेटको प्रयोगलाई समाजमा जति बढि स्वीकार्य बनाउन सकिन्छ, त्यति नै बढि नागरिक धुमपान त्यागेर ई सिगरेट प्रयोगका लागि आकर्षित हुनेछन्', बेलायती संसदको विज्ञान तथा प्रविधी समितिका सांसदहरुको एक प्रतिवेदनमा दाबी गरिएको छ । 

 

ईलेक्ट्रोनिक सिगरेटको प्रयोग सामान्य धुमपानको तुलनामा निकै कम हानिकारक रहेको उल्लेख गर्दै प्रतिवेदनले धेरै मानिसहरुलाई धुमपानबाट मुक्त गर्ने माध्यमका रुपमा यसलाई सदुपयोग गरिनुपर्ने उल्लेख गरेको छ । 

 

ई सिगरेटको प्रयोगले युवाहरुलाई सांच्चीकै चुरोट सेवनका लागि प्रेरित गर्ने गरेको कुनै ठोस प्रमाण अहिलेसम्म फेला नपरेको समेत प्रतिवेदनको दाबी छ । 

 

प्रतिवेदनले ई सिगरेटको प्रचारप्रसारको लागि थप स्वतन्त्रता दिन, ई सिगरेटको लागि करमा छुट र प्रक्रियागत सहजता गराउन, ई सिगरेटलाई मेडिकल सामग्रीको रुपमा लाइसेन्स दिन र सार्वजनिक यातायात, कार्यालय लगायतका सार्वजनिक ठाउंहरुमा समेत ई सिगरेट प्रयोगको लागि छुट दिन सिफारिस गरेको छ । 

 

अहिले बेलायतमा झण्डै ३० लाख मानिसले ई सिगरेट प्रयोग गरिरहेको एक तथ्यांकले देखाउंछ । र हरेक वर्ष बेलायतमा दशौं हजार मानिसले ई सिगरेटको सहायताले धुपमानको लत छोड्न सफल भएका छन् । 

 

सामान्य सिगरेटको तुलनामा ई सिगरेटहरु ९५ प्रतिशत कम हानिकारिक हुने विश्वास गरिन्छ । 

 


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 7 seconds ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 12 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 34 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।