IIMS College

ISMT

HUB Education

बेलायतमा स्वयंसेवी अभियान

  • बुधबार, ५ चैत, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

युके । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट, फार्नबरो क्षेत्रमा खासगरी वृद्धवृद्धालाई मद्दत गर्न स्वयंसेवा शुरु गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायती सरकारले जनतालाई भीडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसँंग सम्बद्ध पदाधिकारीले त्यस्तो पहल शुरु गरेका हुन् ।

 

कोरोनाबाट आफू बच्न र अरुलाई  बचाउन खासगरी वृद्धवृद्धालाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयंसेवी अभियान शुरु गरिएको समाजसेवी विक्रम भट्टराईले बताए । उक्त समूहले यदि कोही क्वारन्टाइनमा भए र घरमा सामान सकिएको छ भने किनमेल गरेर ढोकामा राखिदिने, तिनलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिइरहने र  आवश्यक साधारण औषधि किनेर ढोकामा राखिदिनेलगायत सहयोग गर्ने गरेको छ ।  समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीको सङ्ख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्लीलगायत क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाइएको छ । 

 

स्वयंसेवी भीम बानियाँले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको बताए । “ १११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ ”, उनको तर्क छ । समूहमा महिला स्वयंसेवीको पनि सक्रिय सहभागिता छ  । 


थप समाचार

स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

  • 2 minutes ago
स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई रु १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज ब

चीन तातोपानी नाका खोल्न तयार

  • 6 minutes ago
चीन तातोपानी नाका खोल्न तयार

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा

अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

  • 14 minutes ago
अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म ९०२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण अमेरिकामा ११ हजार ७७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा पनि भारी वृद्धि भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।