बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • शुक्रबार, ५ असोज, २०७५
  • 4 months ago
  • युके

 

लण्डन । बेलायतले युरोपबाहिरका मुलुकहरुबाट खेतीमा काम गर्ने कामदार ल्याउने प्रयोजनमा एक नयां कार्यक्रम सार्वजनिक गरेको छ । 

 

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

 

यो कार्यक्रमअन्तर्गत आउने कामदारहरु अस्थायी सिजनल कामदरका रुपमा बेलायत आउनेछन् । उनीहरुलाई ६ महिनासम्मको मात्र भिसा उपलब्ध गराइनेछ । 

 

सुरुमा यो कार्यक्रमअन्तर्गत बेलायत आउनका लागि दक्षिण अफ्रिकी मुलुकका कामदारहरुको आवेदन लिइनेछ । 

 

सन् २०१९ को मार्चमा सुरु भएर सन् २०२० को अन्त्यमा यो कार्यक्रम पूरा हुने बेलासम्म २५ सय कामदार भित्र्याउने बेलायतको योजना छ ।

 

बेलायतमा तरकारी तथा फलफूल उत्पादनको मुख्य व्यस्त समयमा खेतीमा काम गर्ने कामदारहरको अभाव सिर्जना हुंदै आएको छ । सोहि अभावलाई कम गर्ने लक्ष्यमा युरोपबाहिरका देशबाट कामदार ल्याउने योजना बनाइएको छ । 

 

सन् २०२० को अन्त्यमा यो कार्यक्रमको समापनपछि यसको उपयोगिता मुल्यांकन गर्ने र त्यसअनुसार नयां नीति बनाउने योजना सरकारले लिएको छ । 

 

यो स्किमअन्तर्गत बेलायत आउन ईच्छुक कामदारहरु १८ वर्षभन्दा माथिका हुनुपर्नेछ । आवेदन दिने प्रक्रिया र यसको छनौटका आधारहरु लगायतको बिस्तृत विवरण बेलायत सरकारले आउंदो वर्ष सन् २०१९ को सुरुतिर प्रकाशन गर्ने बताएको छ । 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 41 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।