ISMT

HUB Education

भुपू गोर्खालाई आन्दोलन नगर्न नेपाली राजदूतको अनुरोध

  • शुक्रबार, ९ कार्तिक, २०७५
  • 9 months ago
  • युके
राजदूत डा दुर्गाबहादुर सुबेदी
Education Park

 

Kathmandu Trade Show

 

 

दिनेश कुमार परियार,   लण्डन । 

 

बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले गोर्खाहरुलाई आन्दोलनका कार्यक्रमहरु नगर्न अनुरोध गरेका छन् । 

 

गोर्खा सत्याग्रह संघर्ष समितिले आफनो ५औं बार्षिकोत्सव मानाउन बुधवार लण्डनको नर्थोल्टमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले भने, 'संघर्ष र हडतालको मिति तोके बेलायतसंग सम्वादको ढोका बन्द हुन्छ ।'

 

प्राबिधिक समितिले बुझाएको संयुक्त प्रतिबेदनमा उठेका गोर्खाको मागहरु अधिकांश सम्बोधन हुने आश्वासन दिंदै राजदूत डा सुबेदीेले नेभेम्वरमा परराष्ट सचिवको नेतृत्वमा आउने नेपाल सरकारको प्रतिनिधिले बेलायती समकक्षीसंग भेट गरेर छलफल अघि बढाउने जानकारी दिए । 

 

गत मार्चमा आन्दोलनरत गोर्खासंस्थाहरुले हस्ताक्षर गरि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र बेलायती रक्षा मन्त्रालयका भेट्रान राज्यमन्त्री मार्क लान्कास्टरको उपस्थितिमा रिटायर्ड मेजर जुद्ध गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

सो प्रतिबेदनको कार्यान्वयन गर्न ढिलाई भईरहेको भन्दै सत्याग्रहका संयोजक कृष्ण बहादुर राईले कार्यक्रममा गोर्खाहरुको माग कार्यन्वयन नभएसम्म परिस्थति हेरी आन्दोलनको घोषणा गर्ने बताए । 

 

गोर्खा अभियन्ता ज्ञानबहादुर राईले प्रतिबेदनको कार्यान्वयनमा नेपाल सरकारले कुटनीति अपनाएको भन्दै आलोचना गरे । उनले आफना मागहरु छिटो कार्यान्वयन गराउन गोर्खाहरु जस्तै खुटटा नकमाईकन पहल गर्न नेपाल सरकारसंग माग गरे ।

 

 

कार्यक्रममा पूर्व सभासद तारा राईले गोर्खाहरुको मागमा नेपालका शीर्ष नेताहरुले आत्मसाथ गरेको जिकीर गरिन् । कार्यक्रममा बुद्धिजिवी सुमाया राई र प्रेम गुरुंग , नेपाली सेनाका कर्णेल कुमारबावु थापा लगायतको उपस्थिति थियो । 

 

कार्यक्रममा गोर्खाहरुको मागमा ऐक्यवद्धता जनाउंदै सन २०१३मा रिले अनसन बस्नुहुने अभियन्ताहरुलाई सम्मान गरिएको थियो । यसैगरि गोर्खा स्टुडियो युकेको पहलमा चन्द्रमाया राईको आफन्तलाई बेलायत ल्याउन सहयोग गर्ने उदेश्यले दुईहजार १ पाउण्ड हस्तान्तरण गरिएको थियो । 

 

कार्यक्रममा नेपाल बाट आएकी लोक गायिका कला लम्साल र स्थानीय बाल कलाकार पुनम गुरुंगले गीत तथा नृत्य प्रस्तुत गरी मनोरन्जन गराएका थिए । 

 

जमान बहादुर गुरुंगको सभापतित्वमा सम्पन्न कार्यक्रममा सत्याग्रहका उप संयोजक सुर्य नेम्वांगले स्वागत गरेका थिए भने कार्यक्रम  होम सुनुवारले संचालन गरेका थिए ।


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 5 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 5 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 6 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।