इमिग्रेसन कडाईले अन्तर्राष्ट्रिय विद्यार्थी घट्दा बेलायतलाई ठूलो आर्थिक घाटा

  • बुधबार, ७ कार्तिक, २०७५
  • 8 months ago
  • युके
फाइल फोटो
Education Park

 

लण्डन । इमिग्रेसन नीतिमा गरिएको कडाईका कारण पछिल्लो वर्षहरुमा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या घट्दा बेलायतलाई ठूलो आर्थिक घाटा पुगेको छ । 

 

बेलायतस्थित विश्वविद्यालयहरुको प्रतिनिधीमुलक संस्था युनिभर्सिटिज यूकेले सार्वजनिक गरेको एक विश्लेषणका अनुसार सन् २०१३ देखि २०१७ सम्मको अवधिमा मात्र बेलायतले ८ विलियन पाउण्डको आम्दानी गुमाएको छ । 

 

सन् २०१२ मा बेलायत सरकारले विद्यार्थी इमिग्रेसन नीतिमा गरेको व्यापक परिवर्तनको प्रभावस्वरुप बेलायत आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा उल्लेख्य गिरावट आएको छ । 

 

युनिभर्सिटिज यूकेको विश्लेषणमा सन् २००८ देखि २०१२ सम्म बेलायतमा भएको गैरयुरोपेली मुलुकका विद्यार्थीको संख्या बृद्धि तथा बेलायतमा कडाई गरिएपछि २०१२ यता अष्ट्रेलियामा गैरयुरोपेली विद्यार्थीको संख्या बढेको विषयका दुई अवस्थाहरु प्रस्तुत गरिएको छ । 

 

सन् २०१६/१७ मा बेलायतमा ४ लाख ४२ हजार ३ सय ७५ अन्तर्राष्ट्रिय विद्यार्थीहरु आएका थिए । यो संख्या सो अवधिमा बेलायती विश्वविद्यालयहरुमा भर्ना हुने कुल विद्यार्थीको १९ प्रतिशत हो । जसमध्ये ६ प्रतिशत युरोप तथा बांकी १३ प्रतिशत युरोप बाहिरका मुलुकहरुबाट आएका थिए ।

 

यी अन्तर्राष्ट्रिय विद्यार्थीहरुको कारणबाट कुल २५ दशमलव ८ विलियन पाउण्ड बराबरको आम्दानी तथा आर्थिक गतिविधी भएको तथा सन् २०१४/१५ मा मात्रै बेलायती अर्थतन्त्रको लागि २ लाख भन्दा बढि रोजगारी सिर्जना भएको जनाइएको छ । 

 

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको इन्रोलमेन्टको हकमा अमेरिका, अष्ट्रेलिया , फ्रान्स, जर्मनी लगायतका मुलुकहरुले बेलायतको तुलनामा बढि उच्च दरको बृद्धि हासिल गरेका छन् । २०१४/१५ मा यी देशहरुमा क्रमशः ९ दशमलव ४, १० दशमलव ७ , १ दशमलव ८ र ८ दशमलव ७ प्रतिशतका दरले अन्तर्राष्ट्रिय विद्यार्थीहरु बढेका छन् । तर यस अवधिमा बेलायतमा भने मात्र शुन्य  दशमलव ५ प्रतिशतको बृद्धि भएको छ । 

 

यी तथ्यांकहरुमा प्रतिक्रिया स्वरुप युनिभर्सिटिज यूकेका प्रमुख कार्यकारी एलिस्टेर जार्भिसले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हकमा बेलायतले अहिलेभन्दा निकै राम्रो गर्न सक्ने उल्लेख गर्दै टेरेसा मे नेतृत्वको सरकारले विद्यार्थीसम्बन्धी इमिग्रेसन नीति तत्काल परिमार्जन गर्न आवश्यक रहेको औंल्याएका छन् । 

 

'सन् २०११ यता अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुले निकै उपलबिध् हासिल गरिरहेका छन् तर हामीले गर्न सकेका छैनौं । हामीलाई विश्वास छ हामी अहिले भन्दा निकै राम्रो गर्न सक्थ्यौं', उनले भनेका छन् । 

 

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आकर्षण बढाउनका लागि बेलायती विश्वविद्यालयबाट डिग्री पूरा गर्नेहरुलाई निश्चित समय काम गर्ने (पोस्ट स्टडी वर्क ) को अवसर दिइनुपर्ने युनिभर्सिटिज यूकेको मत रहंदै आएको छ । 

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 5 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 5 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 6 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।