बेलायतमा घरधनीले इमिग्रेसन स्टाटस चेक गर्ने नीतिविरुद्ध हाई कोर्टमा मुद्धा

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । बेलायतका घरधनीहरुले आफ्नो घरमा बस्ने आप्रवासीहरुको इमिग्रेसन स्टाटस चेक गर्नुपर्ने बेलायत सरकारको 'रेसिस्ट' नीतिविरुद्ध हाई कोर्टमा मुद्धा दायर हुने भएको छ । 

 

गैरकानुनी हैसियतमा बसेका आप्रवासीको संख्या नियन्त्रण गर्ने नाममा सरकारले ल्याएको नीतिले मानवअधिकारको ठाडो उल्लंघन गरेको भन्दै मुद्धा दायरको तयारी गरिएको हो । 

 

'द जोइन्ट काउन्सिल फर द वेलफेयर अफ इमिग्रेन्टस्' (जेसिडब्लुआई) ले बेलायत सरकारका विरुद्ध यहांको हाई कोर्टमा मुद्धा दायर गर्न लागेको हो । 

 

यसअघि गैरकानुनी रुपमा बेलायतमा बसोबास गरिरहेका आप्रवासीहरुको लागि होस्टाइल वातावरण सिर्जना गर्ने प्रयत्नमा प्रधानमन्त्री मे नेतृत्वको सरकारले सन् २०१५ मा यो विवादास्पद नीति लागु गरेको थियो । तर क्रस पार्टी कमिटिीका सांसद, घरधनीहरु तथा इमिग्रेसन वकिलहरुले सरकारी नीतिले आप्रवासीहरुलाई अन्ततः घरविहिन बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए । 

 

विवादास्पद यो नीति कार्यान्वय गर्ने क्रममा सरकारले यसबारे आवधिक रुपमा मुल्यांकन र पुनरावलोकन गर्ने आश्वासन दिएको थियो । तर अहिले ३ वर्ष भइसक्दा पनि अहिलेसम्म कुनै मुल्याकंन वा पुनरावलोकन हुन सकेको छैन । 

 

सरकारविरुद्ध कानुनी लडाईंको तयारी गरिरहेको जेसिडब्लुआईले सरकारको यो विवादास्पद नीतिले घरधनीहरुलाई जबरजस्ती रेसिस्ट व्यवहार गर्न बाध्य बनाएको आरोप लगाएको छ । 'आप्रवासीहरुलाई विभेदपुर्ण व्यवहार गर्ने घरधनीहरुको चाहना छैन, तर सरकारले बाध्य बनाइरहेको छ' , जेसिडब्लुआईका लिगल पोलिसी डाइरेक्टर चाइ पटेल भन्छन्, 'सरकारी नीति र सजांयको डरले गर्दा उनीहरुले आप्रवासीभन्दा ब्रिटिश पासपोर्ट वाहकहरुलाई नै रोज्न बाध्य भएका छन् ।'

 

उता बेलायती संसदको क्रस पार्टी कमिटीका सांसदहरुले सरकारका गृहमन्त्री जाभिद साजिदलाई एक पत्र लेख्दै विभेदपूर्ण यो नीतिको तत्काल अन्त्य गर्न माग गरेका छन् । 

सरकारको यो नीतिले कैयौं आप्रवासीहरुलाई घरविहिन बनाउनुका साथै आधुनिक दासत्वको समेत समस्या निम्त्याउन सक्ने भन्दै सांसदहरुले सरकारका ध्यानाकर्षण गराएका छन् ।  

 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।