IIMS College

ISMT

HUB Education

ब्रेक्जिटपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि लचिलो बन्दै बेलायत

  • आइतबार, ३ चैत, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । पछिल्ला केहि वर्षयता बेलायतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमाथि निरन्तर कडाई गर्दै आएको बेलायतले ब्रेक्जिटपछि आफ्नो इमिग्रेसन नीति केहि खुकुलो पार्ने संकेत दिएको छ । 

 

बेलायत सरकारले ब्रेक्जिटपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढाउने लक्ष्यसहित हालै एक नयां नीति सार्वजनिक गरेको छ । जसमा बेलायतमा अध्ययन पूरा गर्ने विदेशी विद्यार्थीहरुलाई कामको खोजी गर्न अवसर दिने उद्धेश्यले १ वर्षसम्मको थप भिसा उपलब्ध गराउने उल्लेख छ । 

 

डिपार्टमेन्ट अफ एजुकेसन ( डिएफई) ले सार्वजनिक गरेको नयां नीतिअनुसार बेलायतबाट अन्डरग्रयाजुएट वा मास्टर्स डिग्री पूरा गर्ने विदेशी विद्यार्थीहरुले आफ्नो अध्ययनपश्चात ६ महिना बेलायतमै रहन पाउने गरी भिसा उपलब्ध गराइनेछ । डक्टरेट तह (पिएचडी) विद्यार्थीहरुलाई झन् १ वर्षसम्मको अवसर दिइनेछ । 

 

अहिले भने बेलायतमा डिग्री पूरा गरिसकेपछि बढिमा ४ महिनासम्म मात्रै रहन पाउने गरी भिसा दिने गरिएको छ । यो व्यवस्थामा बेलायतमा अध्ययन पूरा गरेर भिसाको कारण यतै काम खोज्ने अवसर नमिल्ने कारण पनि बेलायतप्रति कैयौं विदेशी विद्यार्थीहरुको आकर्षण घट्दै गएको विश्वास गरिन्छ । 

 

ब्रेक्जिटपछिका लागि सार्वजनिक नयां नीति कार्यान्वयनमा आएपछि भने विदेशी विद्यार्थीहरुले आफ्नो अध्ययनपश्चात १ वर्षसम्म बेलायतमै रहेर अवसरको खोजी गर्न पाउनेछन् । 

 

अध्ययन पूरा भइसकेपछिको उक्त अवधिका लागि प्रदान गरिने भिसामा काम गर्न अनुमति समेत रहने जनाइएको छ । 

 

त्यस्तै, नयां नीतिअनुसार बेलायतमा डिग्री पूरा गरेको २ वर्षसम्मको अवधिमा आफ्नै देश फर्किएर पनि वर्क पर्मिटका लागि आवेदन गर्न पाउने सुविधा दिइनेछ । 

 

बेलायत सरकारले सन् २०३० सम्ममा बेलायतमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको वार्षिक संख्यालाई ६ लाखसम्म पुर्याउने लक्ष्य लिएको छ । जुन संख्या अहिले ४ लाख ६० हजार मात्र छ । 

 

विदेशी विद्यार्थीहरु आकर्षित गर्ने आफ्नो लक्ष्य पूरा गराउन बेलायतले आफ्नो इमिग्रेसन नीतिमा आउंदा दिनहरुमा अरु थप लचकता समेत अपनाउने अड्कल गरिएको छ । 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 27 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 30 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 34 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।