IIMS College

ISMT

HUB Education

बेलायती सांसद शर्मासंग प्रेस युनियन पदाधिकारीको भेटवार्ता

  • शुक्रबार, २२ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाल प्रेस युनियनका पदाधिकारी र बेलायतका सांसदबीच भेटवार्ता भएको छ ।

 

युनियन बेलायत शाखाको अधिवेशनका लागि लण्डन आएका युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी तथा बेलायतका सांसद विरेन्द्र शर्माबीच बेलायतमा रहेका नेपाली पत्रकार र नेपाली समुदायका समस्याका विषयमा छलफल भएको हो ।

 

नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष रहेका पत्रकार एभरेष्ट गौतमको पहलमा युनियनका पदाधिकारी र सांसदबीच भेटघाट भएको हो । लेबर पार्टीको तर्फबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद शर्माले नेपाली समुदायलाई गर्न सक्ने सहयोगकालागि आफू तत्पर रहेको बताए । 

 

सांसद शर्माले नेपालबाट बेलायत पुग्ने उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाट गर्दै आएका छन् । दक्षिणएसिया मामिला हेर्ने संसदीय समितिका संयोजक समेत रहेका शर्मा भारतीय मूलका बेलायती नागरिक हुन् । उनी ५० वर्ष अघि भारतको पञ्जाबबाट बेलायत पुगेर संघर्ष गर्दै यो स्थानमा पुगेका हुन् । सांसद शर्माले यहाँ बस्ने नेपाली समुदायले बेलायती राजनीतिप्रति चासो राखेर माथि उठ्न सक्ने बताए ।

 

नेपालबाट बेलायतमा आइ राजनीतिमा सक्रिय रहेका नेपाली मुलका बेलायती नागरिक बच्चुकैलास कैनी , शिवजी श्रेष्ठको पनि सांसद शर्माले उदाहरण दिँदै अरु नेपाली पनि राजनीतिमा आउन सक्ने बताए । कैनी बेलायतमा सांसदको उमेद्वार बनिसकेका छन् भने श्रेष्ठ यहाँको लेबर पार्टीको नेताको रुपमा परिचित छन् ।

 

सुरुमा कन्डक्टरको काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय सांसद शर्मा एक दशक ट्रेड युनियन आन्दोलनमा काम गरेपछि चार दशकदेखि बेलायतको राजनीतिमा सक्रिय छन् । लेबर पार्टीको तर्फबाट तीन पटक सांसद भइकेका छन् । उनले बेलायतको इलिङ साउथ हलबाट प्रतिनिधित्व गर्छन् । आगामी जुलाई वा अक्टोबरमा नेपाल भ्रमणमा जाने जानकारी दिए ।

 

भेटवार्तामा बेलायतमा रहेका ब्रिटिश सैनिक, नेपाली समुदाय र पत्रकारका समस्याको बारेमा युयिनका महासचिव शिवाकोटीले सांसद शर्माको ध्यानाकर्षण गराउँदै सहयोग गर्न आग्रह गरेका थिए । प्रेस युनियन ट्रेड युनियन अधिकारका लागि क्रियाशिल संस्था भएको जानकारी गराउँदै बेलायतसँग सहकार्य गरेर पत्रकारका क्षमता विकासका कार्यक्रममा साझेदारी गरेर अघि बढ्न सक्ने उनले बताए ।

 

बेलायतमा रहेका नेपाली पत्रकारको क्षमता विकास र सहज रिपोटिङको प्रबन्ध मिलाउने व्यवस्था मिलाउन सांसद शर्मालाई महासचिव शिवाकोटीले आग्रह गरेका थिए । उनले बेलायतमा रहेका नेपाली समुदायको अपेक्षा बेलायत सरकारसँग पुर्याउन सहयोग गर्न समेत अनुरोध गरे ।

 

 


थप समाचार

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 4 minutes ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 16 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 16 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।