बेलायतको पशुपति मन्दिरमा मनाइयो वसन्त पञ्चमी
- सोमबार, २८ माघ, २०७५
- 1 week ago
- युके

रवि अर्याल, लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा वसन्त पन्चमीको अवसरमा आइतबार विशेष पूजाआजा गरिएको छ ।
माघ शुक्ल पक्षको पन्चमी तिथीमा मनाइने वसन्तपन्चमी अथवा श्रीपञ्चमी स्थानीय नेपालीहरुको सहभागितामा पशुपति मन्दिरमा पनि मनाइएको हो ।
उक्त अवसरमा बालबालिकाको उपस्थिति झनै उल्लेख्य थियो । स्थानीय रोयल ग्रिनविच नेपाली सोसाइटीबाट सञ्चालित नेपाली भाषा कक्षाका शिक्षक कुमार जोशीले प्रेरणादायी मनत्व्य दिंदै श्री सरस्वति माताको महत्व सर्वव्यापी रहेको र आजको दिनको विशेष अर्थ रहने धारणा व्यक्त गरेका थिए ।
पन्डित नीलहरि घिमिरेले आजको दिनको महत्व,अक्षराम्भको परिचय र संगीतको उत्पत्ति सम्बन्धमा प्रवचन दिएका थिए ।
त्यसअवसरमा प्राचीन ऋगवेदमा उल्लेखित सरस्वति वन्दना सामुहिक रुपमा गाइएको थियो । त्यसपछि बालबालिकाले आफै भजन ,गीत गाएर सुनाएका थिए। नेपाली राष्ट्रिय गान बजाइंदा बालबालिका समेतले उत्साहसहित साथ दिएका थिए ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरी, ट्रस्टीहरु विनोद ज्ञवाली , नरेन्द्र कंडेल, गोपाल अर्याल , अनन्त भण्डारी लगायत लगायत मन्दिर समितिका सदस्य र स्थानीय श्रद्धालुहरुको उपस्थिति थियो । सहभागीहरुलाई टिका प्रसाद वितरण र कार्यक्रमको व्यवस्थापनमा गुरु आननद लोहनी, ट्रस्टीहरु तारा भट्टराई, सरिता पौडेल र कल्पना त्रिपाठी, रिता गैरे लगायतले सहयोग गरेका थिए । अन्त्यमा सहभागीहरुले भजन,कृतनसहित नाचगान गरेका थिए ।
बालबालिकाहरुको उल्लेख्य उपस्थिति हुँदा मन्दिरमा रहेको ठाउँ समेत अपर्याप्त भएकोले यसको बिस्तारको आवश्यकता महसुस भएको मन्दिरका ट्रस्टी विनोद ज्ञवालीले बताए ।
थप समाचार
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता
- 9 hours ago

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने
- 9 hours ago
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'
- 9 hours ago

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।
विचित्र विश्व
अण्डर वल्र्ड डन दाउदबारे एउटा अजबगजबको रहस्य

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।