बेलायतमा नेपाली 'पहिचान' को खोजी, बेलायती प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

  • बुधबार, १९ मंसिर, २०७५
  • 4 days ago
  • युके

 

लण्डन । बेलायतस्थित नेपाली समुदायले सन् २०२१ मा हुने बेलायतको जनगणनाको फारममा 'एथ्निक पृष्ठभुमि'मा नेपाली भन्ने विकल्प समेत राख्न माग गरेको छ । 

 

 

बुधबार लण्डनको १० डाउनिंग स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा एक ज्ञापनपत्र बुझाएर नेपालीहरुले आफ्नो पहिचानलाई सम्मान दिन बेलायती सरकारलाई आग्रह गरेका हुन् । 

 

एनआरएन यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटीको अगुवाईमा यूके नेपाल फ्रेण्डसिप सोसाइटीसंगको सहकार्यमा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइयो । 

 

एनआरएन यूके  अध्यक्ष  योगकुमार फगामी , उपाध्यक्ष     पुनम गुरुङ ,   ग्रेटर रश्मोर नेपाली कम्युनिटी  अध्यक्ष जीव बेल्वासे , सहारा यूके  अध्यक्ष मीन गुरुङ , अल्डरसट क्षेत्रका सांसद लिओ डोकेर्टी , काउन्सिलर डेभिड क्लिफोर्ड र यूके नेपाल फ्रेण्डसिप सोसाइटी अध्यक्ष एलन सांका सहितको टोलीले  प्रधानमन्त्री कार्यालय गैर ज्ञापनपत्र बुझाएको थियो ।

 

ज्ञापनपत्रसंगै सांसद डोकेर्टी र रश्मोर काउन्सिलको ऐक्यबद्धतासहितको छुट्टै 'सपोर्टिंग लेटर'हरु पनि बुझाइएको छ । 

 

ज्ञापनपत्र बुझाउनुअघि प्रधानमन्त्री कार्यालयबाहिर  बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका झन्डै ७० प्रतिनिधिहरु ऐक्यबद्धताका लागि भेला भएका थिए । 

 

 

 

भेलामा बेलायतमा रहेका १ दर्जन बढी नेपाली संघसंस्थाले सहभागिता जनाएको जानकारी कार्यक्रमको संयोजन गर्नेमध्येका एक ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेले दिए । 

 

कार्यक्रमको लागि बेलायतका अन्य स्थानको तुलनामा मिडल्याण्डको उल्लेख्य सहभागिता देखियो । स्थानीय साझा नेपाली समाज समेतको पहलमा त्यस क्षेत्रका नटिङ्गहम, लेस्टर र पिटरबरो लगायतका क्षेत्रबाट  डेढ दर्जन अगुवाहरु सहभागी भएका थिए ।  

 

आउंदो २०२१ मार्च महिनामा हुने बेलायतको जनगणनालाई केन्द्रित गरी सो जनगणनाको फारममा एथ्निक पृष्ठभुमिमा नेपाली भन्ने विकल्प पनि थप गर्न माग गरिएको हो । 

 

यस्ता फारमहरु भर्दा अहिलेसम्म नेपालीहरुले 'एसिएन अदर'को विकल्प छान्नुपर्ने बाध्यता छ । 

 

'बेलायतमा नेपाली समुदायको आकार बढ्दै गइरहेको अवस्थामा हाम्रो अस्तित्व र पहिचानलाई यहांको सरकारी स्तरबाटै सम्मान होस् भनेर हामीले ज्ञापनपत्र बुझाएका हौं', ज्ञापनपत्र बुझाइसकेपछि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले भने, 'हामीलाई आशा छ, सन् २०२१ को जनगणनामा एथ्निक पृष्ठभुमिमा नेपाली भन्ने विकल्प पनि थप हुनेछ ।' 

 

कुनै आधिकारिक तथ्यांक नभएपनि बेलायतमा १ लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको अनुमान छ । 

 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 10 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 10 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 11 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।