बेलायतमा 'पलेटी कसेर लप्टेमा खाने' परम्परागत नेवारी भोज आयोजना हुंदै

  • बिहीबार, १४ भदौ, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । नेवारी खाना नेवार समुदायमा मात्र नभएर गैरनेवार नेपालीहरुमा पनि उत्तिकै लोकप्रिय मानिन्छ । देशविदेशमा सञ्चालन भएका धेरै नेपाली रेष्टुरेन्टहरुमा नेवारी परिकारहरु नै सबैभन्दा बढि 'फेवरेट' रहन्छन् । 

 

यहि लोकप्रिय नेवारी खानाका बेलायतमा रहेका पारखीहरुको लागि एउटा सुखद अवसर जुटेको छ । आउंदो सेप्टेम्बर महिनाको अन्तिम साता बेलायतमा परम्परागत नेवारी भोज (गुठी भ्वयः) आयोजना हुने भएको छ । 

 

पासा पुचः गुथि यूकेले  सेप्टेम्बर २९ तारिख शनिबार उक्त भोज आयोजना गर्ने भएको हो । बेजिङस्टोकस्थित बेजिङस्टोक कार्निभल हलमा मध्यान्ह १२ देखि सांझ ६ बजेसम्म भोज सञ्चालन हुनेछ । 

 

सो भोजमा नेवारी खानाका ३० भन्दा बढि परिकारहरु रहनेछन् । भोजका सहभागीहरु परम्परागत शैलीमा पलेटी कसेर बस्नेछन् भने उनीेहरुलाई ती परिकारहरु लप्टे (पातको टपरी जस्तै  ) मा सर्भ हुनेछन् । भोजका सहभागीले छोइला, बारा, चटामरी, अण्डा, कुखुराका मासु, हांसको मासु, आलु तामा बोडी, मालपुवा, अण्डा , लप्सीको झोल सहितका मौलिक नेवारी परिकारहरुको स्वादमा रमाउने अवसर पाउनेछन् ।  त्यसबाहेक परम्परागत शैलीमा घरमै तयार गरिएको लोकल 'छाङ र रक्सी' समेत भोजमा रहनेछन् । 

 

पासा पुचः गुथि साउथ ईस्ट लण्डनले विगत २ वर्षदेखि गुठी भ्वयः को आयोजना गर्दै आएको भएपनि पासा पुचः यूके केन्द्रीय समितिले भने यो वर्ष पहिलोपटक भोज गर्न लागेको हो । यो भोजको संयोजन पनि पासा पुचः साउथ ईस्टकै अध्यक्ष सुशिल प्रजापतिले गर्दैछन् । 

 

भोजमा सहभागिताका लागि २५ पाउण्डको टिकट राखिएको छ । १० वर्ष मुनिका बालबालिकाको लागि भने मात्र १२ पाउण्ड लाग्नेछ ।

 

२ सय भन्दा बढिको सहभागिता रहने अपेक्षा गरिएको भोजमा बेलायतस्थित नेवार समुदायका अलावा गैरनेवार नेपालीहरुलाई समेत सहभागिताको लागि आव्हान गरिएको छ । 'आयोजक पासा पुचः हो तर भोज सबैको लागि हो', कार्यक्रमका संयोजक सुशिल प्रजापति भन्छन्, 'बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई भोजमा आउन र मौलिक नेवारी परिकारहरुको स्वादमा रमाउन आव्हान गर्दछौं ।' 

 

बेलायतमा बसेर पनि आफ्नो नेवारी संस्कृति र परम्परालाई जिवित राख्ने प्रयास स्वरुप यो परम्परागत भोज आयोजना गर्न लागिएको पासा पुचः गुथि यूकेका अध्यक्ष कुमार श्रेष्ठ बताउंछन् । 'हामी जहां रहेपनि हाम्रो परम्परा, संस्कृति र पृष्ठभुमि कहिल्यै परिवर्तन हुंदैनन् । त्यसैलाई निरन्तरता दिन र नयां पुस्तालाई समेत सिकाउन हामी सधै प्रयत्नशिल छौं', अध्यक्ष श्रेष्ठले भने । 

 

 

 


थप समाचार

राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

  • 3 minutes ago
राष्ट्रपतिबाट हुने कार्यसम्पादन उपराष्ट्रपतिले गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी स

पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

  • 22 minutes ago
पराकम्पकाे ह्याट्रिक, नाैबिसे केन्द्रविन्दु भएर दियाे तेस्राे धक्का

काठमाण्डौ । विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नु एकदिन अघि धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ ।

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

  • 33 minutes ago
आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।