IIMS College

ISMT

HUB Education

बेलायती संसदमा अस्वीकृत प्रस्तावमा पुनः मतदान हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बेलायतमा समय अघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुनेभएको छ । 

 

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

 

समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा यसअघि पनि मतदान गराइएको थियो । पहिलो पटकको निर्वाचनमा प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत भएको थियो । वरिष्ठ मन्त्री याकोब रिस मोग्गाले अग्रीम निर्वाचनका लागि आफूले संसदमा प्रस्ताव पेस गर्ने तयारी गरको सांसदहरूलाई जानकारी दिए । 

 

बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदानको नतिजा प्रधानमन्त्री जोन्सनको विपक्षमा आएका छन् । प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गर्नुभएको थियो तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । 

 

त्यस्तै युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसद्ले अस्वीकृत गरेको थियो । संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाएका छन् । 

 

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री जोन्सन अहिले संसद्मा सहमति नजुट्दा संकटको घेरामा परेका छन् । 

 

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नै पर्ने पटकपटक बताएका छन् । उनी सम्झौता सहित वा बिना सम्झौता बहिर्गमनको पक्षमा छन् । तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री जोन्सनको कठोर निर्णयको पक्षमा छैनन् । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो ।

 

चुनावको घोषणाका लागि ६५० सदस्यीय हाउस अफ कमन्समा दुई तिहाई मत आवश्यक पर्दछ । अर्थात् ४३४ मत आवश्यक हुन्छ, तर संसद्मा भएको मतदानमा चुनावको पक्षमा केबल २९८ मत परेको थियो भने ५६ जनाले विपक्षमा मतदान गरेका थिए । बाँकी सांसदहरु अनुपस्थित थिए । 


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 11 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 13 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 24 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी