“कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो – बेलायत

  • मंगलबार, २८ फागुन, २०७५
  • 4 months ago
  • युके
Education Park

स्ट्रासबर्ग, फ्रान्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएकी छिन् । उनले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरे । 

 

युरोपेली युनियनका वरिष्ट अधिकारीहरुसँग भएको छलफलका क्रममा सोमबार साँझ महत्वपूर्ण सहमति भएसँगै प्रधानमन्त्री मेले उक्त घोषणा गरेकी हुन् । बेलायत यही मार्च २९ तारिखबाट युरोपेली युनियनबाट अलग्ग हुँदैछ । 

 

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले बेलायती संसदले प्रस्तावित परिवर्तित सम्झौतामा मङ्गलबार मतदान नगर्दासम्म केही बताउन नसकिने बताइन् । 

 

“सम्झौता गर्ने वा नगर्ने छनौट बेलायतमाथि नै छ । बेलायतको बहिर्गमन बिनाअबरोध सहज रुपमा होस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री मेसँगै फ्रान्सेली सहर स्ट्रासबर्गमा आयोजित पत्रकार सम्मेलनमा जन्करले बताइन् । 

 

तीन भागमा विभक्त पछिल्लो प्रस्तावित सम्झौताले युरोपेली युनियनको सदस्य मुलुक आयरल्यान्ड र बेलायतको प्रान्तको रुपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखेको छ । 

 

“आज हामीले कानुनी प्रत्याभूतिका विषयमा सहमति जनाएका छौं,” बेलायती प्रधानमन्त्री मेले भन्नुभयो । 

 

“अब हामी सबै एक हुनुपर्ने परिस्थिति तयार भएको छ । यो सुधारिएको ब्रेक्जिट सम्झौतामा समर्थन जनाउनु उचित हुनेछ । यस सम्झौताले बेलायती जनताको चाहनालाई पनि सम्बोधन गर्ने मैले विश्वास लिएको छु ।” 

 

बेलायती सांसदहरुले मङ्गलबार मतदान गर्नुअघि उक्त प्रस्तावित सम्झौतामा अध्ययन गर्नेछन् । बेलायतले युरोपेली युनियनबाट ४६ वर्षपछि सदस्यता त्याग्दैछ र अब त्यो दिन आउन १७ दिन मात्र बाँकी छ । 

 

बेलायतको संसद हाउस अफ कमन्सले गत जनवरीमा प्रधानमन्त्री थेरेसा मेले गरेको प्रस्तावित ब्रेक्जिट सम्झौतालाई ठूलो मतान्तरले अस्वीकृत गरेको थियो । कुनै सार्थक परिवर्तन नभए प्रस्तावित ब्रेक्जिट सम्झौता पनि अस्वीकृत हुने सम्भावना छ । 

 

युरोपेली युनियनबाट बेलायत अलग्ग हुनुपर्छ भन्ने अभियानमा संलग्न नाइजल फाराजले प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गरेको पछिल्लो प्रस्तावित सम्झौता पनि उपयोगी नभएको प्रतिक्रिया दिएकी छिन् । उनले ट्वीट गर्दै नयाँ प्रस्तावमा केही शब्द यताउता मात्र गरिएको बताइन् । 

 

बेलायती संसदमा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि बेलायती संसदमा प्रधानमन्त्री मेले गरेको प्रतिबद्धता विपरीत पछिल्लो सम्झौता भएको बताए । 


थप समाचार

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 1 minute ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 7 minutes ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 13 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।