बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान (भिडियो)

  • मंगलबार, ३१ बैशाख, २०७६
  • 5 days ago
  • युके

लण्डन । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले वैशाख महिनामा पर्ने बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गरेका छन्। 

 

२५६३ औं बुद्ध जयन्तीको अवसरमा लन्डनको ट्राफलगर स्क्वायरमा आइतबार बेलुका आयोजित समारोहमा बजाइएको संदेशमा स्वामी अरुणले इसाई, इस्लाम तथा हिन्दु धर्मले प्रार्थना र पूजामा जोड दिएको तर बुद्ध धर्ममा ध्यानलाई जोड दिइएको बताए। उनले भगवान बुद्धले ध्यानका साथै शील, समाधि र प्रज्ञाको अभ्यासद्वारा आत्मरुपान्तरण गर्ने शिक्षा सिकाएको पनि स्मरण गरे।  

 

विश्व स्वास्थ्य संगठनले सन् २०२७ सम्ममा तनाव विश्वमै मानिसहरुको मृत्युको एउटा प्रमुख कारण हुनसक्ने जनाएको बताउंदै स्वामी अरुणले अव्यस्थित जीवनशैलीका कारण संसारभरि नै तनाव एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखिएको बताए। 

 

“कुनै औषधि खाएर तपाईंले तनाव निवारण गर्न सक्नुहुन्न। यसका लागि जीवन शैली व्यवस्थापन र ध्यान नै एकमात्र उपाय हो,” उनले भने।

 

स्वामी अरुणले भारत सरकारको पहलमा संयुक्त राष्ट्र संघले जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन शुरु गरेको स्मरण गर्दै बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लैजान नेपाल सरकारलाई आग्रह पनि गरे। 

 

“आफ्नो जीवनलाई शान्त र सुखी बनाउन हरेक व्यक्तिले प्रत्येक दिन कम्तिमा २० मिनट ध्यान गर्नुपर्दछ। त्यस्तै विश्व नेताहरुले पनि नियमितरुपमा ध्यान गर्न शुरु गर्ने हो भने संसारभरि युद्ध, द्वन्द्व र हिंसा धेरै हदसम्म समाप्त हुने थियो,” स्वामी अरुणले भने।

 

स्वामी अरुणले ध्यानलाई विद्यालयहरूका पाठ्यक्रममा राख्न पनि आग्रह गरेका छन्।

 

हेरौं भिडियो  :

  


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 6 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।