तेह्रथुम समाज यूकेको वार्षिक भेला २०१९ सम्पन्न

Education Park

बेलायत । गत ८ जुन २०१९ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यू केले वार्षिक भेला २०१९ भव्य रुपमा सम्पन्न गरेको छ ।

 

सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्वी बहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिमा आसिन रहेका थिए र अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधी सकुन नेम्बाङ्, सङ्खुवा सभा समाजका प्रतिनिधी सुन्दर लिङ्थेप, नेपाल बाट आएका गायक विषेशत लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाई सकेका ब्रबिम शेर्मा, तारा लोक्साम, तेह्रथुम समाजका संस्थापक संयोजक भिमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक गुरुङ्, सल्लाहकार तथा पुर्वाध्यक्ष सुर्य खापुङ्, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एन आर एन यूकेका उप–सभापति सुशिला राई रहेका थिए ।

 

उक्त कार्यक्रममा नेपाल र यूकेको राष्ट्रिय गान बजाएर पछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेपछि कार्यक्रम शुरु गरिएको थियो, तत्पश्चात स्वागत नाँच नानीहरुले गरेका थिए । 

 

संस्थाका नयाँ आजीवन सदस्यता लिने सदस्यहरुलाई सम्मान पत्र र व्याज हस्तान्तरण, उत्तम शैक्षिक योग्यता लिने नानीहरुलाई प्रोत्साहन पत्र साथै अन्य कुनै समाजलाई प्रतिनिधि मुलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

त्यस पश्चात चेलिबेटिहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो ।

 

कार्यक्रमको दोस्रो सत्र संस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो जस्मा फेशन सो अन्तर्गत विभिन्न जात जातीहरु लीम्बु, राई, नेवार मगर साथै अन्य जातजातीहरुको मौलिक पहिरनहरुलाई उदृत गर्ने प्रयास मोडेल तथा नायिका सिर्जना निङ्लेकुले गरेका थिए, उनी बेलायतलाई कर्मभुमी बनाएसँगै सिर्जना ढाका फेशन “क्चष्वबलब ढाका ाबकजष्यल” सञ्चालनमा ल्याएकि छिन जस्मा ढाकाका लुगा कपडाहरु अडर अनुसार सुफत मुल्यमा उपलब्ध हुनेछ ।

 

उक्त फेशन सो पश्चात नृत्य, च्याभ्रुङ नाँच लगायत गायकहरु तारा लोक्साम, प्रनेश लीम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्य सम्म सबैलाई भरपुर मनोरञ्जन दिलाए ।

 

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम औपचरिक रुपले सकिएको र बाँकि समय मनोरञ्जनात्मक कोकटेल नृत्य भएको जानकारी दिए ।

 

बिहानको १० बजे बाट सुरु भएर साझको ७ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए, साङ्गेतिक कार्यक्रमलाई मोडेल तथा नायिका सिर्जना निङलेकुले संचालन गरेका थिए र सहध्यक्ष सानु सुब्बाले स्वागत मन्तव्य दिएका थिए ।


थप समाचार

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 3 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्

हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

  • 11 minutes ago
हेटौँडामा बस दुर्घटनामा एकको मृत्यु, २० घाइते

हेटौँडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना ह



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।