IIMS College

ISMT

HUB Education

बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

  • मंगलबार, ७ साउन, २०७६
  • 5 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएकी छिन् । 

 

ब्रेक्जिट विरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित भएकी छिन् । 

 

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनु उनको पहिलो चुनौती रहेको छ । 

 

बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् ।

 

यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री टेरिसासा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेकी छिन् ।

 

उनको स्थानमा ब्रेक्जिट पक्षधर कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि नेताद्वय बोरिस जोन्सन र जेरेमी हन्ट पार्टी चुनावी प्रतिस्पर्धामा छन् । पार्टीको यस चुनावको नतिजा मंगलबार नै सार्वजनिक हुनेछ र दुबैमध्ये एक जना प्रधानमन्त्री बन्नेछन् । 

 

लेबरल डेमोक्र्याटिक पार्टीको चुनावमा नेतृ स्वीनसनले एड ड्याभीलाई पराजित गरेका थिए। स्वीनसनले ४७ हजार ९९७ मत प्राप्त गर्नुभएको थियो भने ड्याभीले २८ हजार २१ मत प्राप्त गरेका थिए। 

 

स्वीनसनले पार्टीका निवर्तमान अध्यक्ष भिन्स केबलको उपप्रमुखका रुपमा दुई वर्षदेखि जिम्मेवारी सम्हालेका थिए । 

 

पार्टी नेतृत्वमा चुनिएलगत्तै स्वीनसनले बोरिस जोन्सनको नेतृत्व असफल हुने दाबी गरे ।


थप समाचार

चीन सरकारलाई सबैभन्दा ठुलो चिन्ता

  • 3 minutes ago
चीन सरकारलाई सबैभन्दा ठुलो चिन्ता

एजेन्सी । चीनले दुई बच्चाको नीति ल्याएपनि प्रभावकारी नदेखिएपछि चीन सरकारलाई चिन्तित बनाएको छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी

  • 12 minutes ago
सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ४ बजेको लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान करिब ३ घण्टा छलफल

अष्ट्रेलियाको डढेलो लागेको ठाउँमा सुरु भएको नयाँ जीवन

  • 19 minutes ago
अष्ट्रेलियाको डढेलो लागेको ठाउँमा सुरु भएको नयाँ जीवन

सिड्नी । अष्ट्रेलियामा झण्डै चार महिनादेखि भिषण आगलागी भइराखेको छ । डढेलोका कारण अष्ट्रेलियाभर भयावह स्थिति रहेको छ । गएको साता परेको पानीले केही राहत दिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष ।काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट ।

विचित्र विश्व

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

एजेन्सी । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफ्नो मृत्युको नाटक गर्दै बीमा कम्पनीबाट करोडौं मूल्य ठग्ने प्रयास गरेपछि ती व्यक्ति पक्राउ परेका छन् ।