IIMS College

ISMT

HUB Education

बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण

  • मंगलबार, ५ कार्तिक, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्  यूके द्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ  जन्मोत्सव र  ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो । 

 

स्थानिय वेष्ट लण्डन स्थित ए बी आई  कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गदैँ प्रमुख अतिथि नेपाली  साहित्य विकास परिषद्का संरक्षक महमहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले समुन्द्र पारि विदेशमा राष्ट्र–कवि माधव प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव मनाउनु ऐतिहासिक भएको चर्चा गरे र साथै दोस्रो चरणको ११०औँ महाकवि देवकोटा जयन्ती समारोहलाई सम्वोधन गर्दैँ महामहिम राजदूत डा. सुवेदीले  ‘महाकवि देवकोटा साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ’, भने ।  

 

महामहिमले नेपाली साहित्य विकास परिषद् यूकेले वेलायती भूमिमा यसरी राष्ट्रका धरोहर राष्ट्रकवि र महाकविको सम्मान र सम्झना गरेर साहित्यिक उर्जा जगाएको धारणा राखे ।

 

समारोहमा अर्का विशिष्ट वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले राष्ट्रकवि माधव प्रसाद घिमिरे साहित्यका एक प्रज्वलित नक्षत्र हुन उनको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताए । 

 

साथै दोश्रो चरणको कार्यक्रममा बोल्नु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन । उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भने । 

 

उनले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन् भन्दै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गरे ।

 

‘सभापतिको आसनबाट सम्वोधन् गर्नुहुँदै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभ जन्मोत्सव गत बर्ष झै यस वर्ष पनि मनाउन पाउदा परिषद गर्वित छ’, भने । 

 

‘यसैगरी दोश्रो चरणको कार्यक्रममा बोल्नुहुँदै नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेका थिए’ भने । 

 

समारोहमा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली माटोका साहित्यिक निधि र प्रेरणाका श्रोत हुन् बताए । उनले  नेपाली साहित्य विकास परिषदले साहित्यिक गतिविधिहरू गरेर कवि, राष्ट्रकवि र महाकवि प्रति सच्चा सम्मान पु(याएको चर्चा गरे ।

   

यस अघि समारोहमा परिषद्का सह महासचिव डा। संगिता स्वेच्छाले स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुवँरले  उद्योषण गर्दैँ  नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेको बताए । 

 

समारोहको पहिलो चरणमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरिएको थियो भने दोश्रो चरणमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्दा सुमन अर्पण गरिएको थियो । 

 

समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले , प्रमोद शर्मा,  वसन्त रायक्षेत्रीले शर्माले मुना मदन, र मालती मंगलेको संगीतवद्ध गीत मार्मिकरूपले प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमको तेश्रो चरणमा कविता वाचन गरिएको थियो । 

 

कविता वाचन तर्फ भाग लिने कवि कवयतृहरूमा वसन्त रायक्षेत्री,दिनेश पौडेल,खगेन्द्र नेपाली, हरिसिंह थापा,डा. सुधा श्रेष्ठ, डा।संगिता स्वेच्छा,मनोज अन्जान,मदन थापा,कोमल मल्ल हुनु हुन्थ्यो ।अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पु(याउनु हुने डा।राघव प्रसाद धिताल,डा।जनक कुमारी धिताल, डा।सुधा श्रेष्ठ,बसन्त राय क्षेत्री, ध्रुव केसि,विरेन्द्र कुँवर, मनोज अन्जान ,कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।


थप समाचार

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 21 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्

हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

  • 23 minutes ago
हाजार्डको दाजुभाई र लुकाकुले गोल गर्दा बेल्जियमद्वारा रसिया पराजित

एजेन्सी । युरो छनोट अन्तर्गत बेल्जियमले रसियालाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रसियालाई ४–१ गोलले पराजित गरेको हो ।

पानी चोरेको आरोपमा उजुरी !

  • 35 minutes ago
पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

किसमीस सेवन गर्नुका फाइदाहरु

किसमीस सेवन गर्नुका फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।