IIMS College

ISMT

HUB Education

अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फहराउँदै पुरा गरे लिस्बन म्याराथन

  • बुधबार, ६ कार्तिक, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथन पुरा गरेका छन् । 

 

पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु  युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ।  

 

म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना ५ वर्षीय भाई युरेकको साथमा  २ किमी दौड पूरा गर्न सफल भएका हुन् । 

 

युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउँछन्।   बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए । 

 

 

युरेश र युरेक दुबै दाजुभार्इले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ वर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो । 

 

बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक वर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुवै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन्।


थप समाचार

‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’

  • 4 minutes ago
‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।

जाडोमा हात फुट्नबाट यसरी बचौँ

  • 11 minutes ago
जाडोमा हात फुट्नबाट यसरी बचौँ

काठमाडौं । छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमीत मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधीको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्र

विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 48 minutes ago
विप्लवका दुई कार्यकर्ता पक्राउ

तुलसीपुर । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा हात फुट्नबाट यसरी बचौँ

जाडोमा हात फुट्नबाट यसरी बचौँ

काठमाडौं । छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमीत मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधीको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुस् र कुनैपनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।