IIMS College

ISMT

HUB Education

ब्रिटेन नेपाल च्याम्बरअफ कमर्सद्वारा बेलायती राजदूत निकोला पोलिटलाई भव्य स्वागत

  • शनिबार, १६ कार्तिक, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । नेपालका लागि बेलायती नवनियुक्त राजदूत निकोला पोलिटको सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सले स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कार्यभार सम्हाल्न नेपाल जान लागेकी बेलायती राजदूत निकोला पोलिटसंग लन्डनमा अन्तरक्रिया एबम स्वागत कार्यक्रम गरेको हो ।

 

नेपालका लागि पहिलो महिला बेलायती राजदूतसंग बिएनसीसीले बुधबार साँझ लन्डनस्थित होलिडे इनमा कार्यक्रम गरेको हो ।

 

अध्यक्ष डा. कपिल रिजाल र उपाध्यक्ष बिराज भट्टले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै राजदूत निकोलाको ‘कुटनीतिक करिअर’ तथा जीवनीबारे परिचय दिएका थिए । उनीहरुले राजदूतको कार्यकाल सफलताको शुभकामना पनि दिए । बेलायती-नेपाली व्यवसायी तथा मिडियाहरुले खचाखच भरिएको हलमा राजदूत पोलिटले बेलायत नेपाल सम्बन्धबारे चर्चा गर्दै नेपालमा गएर काम गर्न उत्साहित भएको बताइन् । बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन आफूले सक्दो भूमिका खेल्ने उनले उल्लेख गरेकी थिइन् । पोलिटले नेपाल जानुपूर्व आफ्नो सम्मानमा कार्यक्रम गरेकामा बिएनसीसीप्रति आभार प्रकट गरिन् ।

 

उक्त कार्यक्रममा बेलायतीसहित नेपाली व्यवसायीहरु राजन कंडेल, दीपक श्रेष्ठ, बीपी खनाल, सपनकुमार राई, ओजेश सिंह, सन्तोष मण्डल, जीवन सेन लगायतको उपस्थिति थियो । डा. कपिल रिजालको अध्यक्षतामा नयां कार्यसमिति चयन भएसंगै बिएनसीसीले विविध कार्यक्रम गरेर बेलायती तथा नेपाली डायस्पोरामा पृथक प्रभाव छाडेको छ । उपाध्यक्ष बिराज भट्टका अनुसार, बिएनसीसीले आउंदो वर्ष नेपालमा व्यापार तथा लगानी प्रवर्धनका लागि श्रृंखलावद्ध कार्यक्रम गर्ने तयारी गरेको छ ।

 

बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेसनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया गर्ने संस्थाको प्रतिवद्धता छ ।

 

को हुन् पोलिट ?

नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । २०० वर्ष भन्दा लामो नेपाल ब्रिटेन सम्बन्धमा ब्रिटिश राजदूतको रुपमा नियुक्त उनी पहिलो महिला हुन् ।

 

नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिसको कार्यावधि पुरा हुनै लाग्दा उनलाई नयां राजदूत नियुक्त गरिएको थियो । पोलिटले यही नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने छिन् । गत दुई वर्ष देखि ब्रिटिश विदेश मन्त्रालयको पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयमा अतिरिक्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेकी पोलिटले सन् २०१४ देखि २०१६ सम्म ब्रिटिश प्रधानमन्त्रीको सहायक निजी सचिवको रुपमा काम गरेकी थिइन् । 

 

निकोला पोलिट त्यसअघि ब्रिटेनको मन्त्रिपरिषदमा अफगानिस्तान, पाकिस्तान र भारतका लागि वरिष्ठ नीति सल्लाहकारको रुपमा काम गरिसकेकी उनले काबुल तथा ओस्लोमा पनि कूटनीतिज्ञको रुपमा काम गरेकी थिइन् । पोलिट नेपालसंग अपरिचित होइनन् । उनले विद्यार्थी छंदा नै अन्नपूर्ण सर्किटमा तीन साता लामो पदयात्रा गरेकी थिइन् । राजदूत नियुक्तिपछि हालैमात्र उनी तीन साता नेपाल भ्रमण गरेर फर्किएकी हुन् । उनले ९ महिनायता नेपाली भाषा सिकिरहेकी छन् । 


थप समाचार

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 5 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 6 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद

रेखाको रहस्य...

  • 11 minutes ago
रेखाको रहस्य...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् रेखा । उनले १३ वर्षको उमेरमा नै बलिउडमा काम गरेकी थिइन् । रेखाले धेरै संघर्ष गरेपछि एउटा उचाई प्राप्त गरिन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।