IIMS College

ISMT

HUB Education

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

  • शुक्रबार, १८ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् । 

 

बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो । 

 

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर भएकी हुन् भने पहिलो महिला चान्सलर भएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् ।

 

संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।  

 

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उहाँको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।  

 

क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा थिइन् । त्यसअघि उनी अमेरिकी विदेश मन्त्री पनि भएकी थिइन् । 


थप समाचार

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 14 seconds ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

  • 1 minute ago
नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी, ठगी गरेको आरोप

काठमाडौं । नेपाली रजतपटका चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

विद्यार्थी डुङ्गाबाट वारपार

  • 13 minutes ago
विद्यार्थी डुङ्गाबाट वारपार

जाजरकोट । भेरी नदीमा पुल नहुँदा सल्यान वनगाड कुपिण्डे नगरपालिका – १ नाम्रा र सुर्खेत सिम्ता गाउँपालिका कालीखोलाका स्थानीयवासी र विद्यार्थीहरु वर्षौदेखि डुङ्गाको सहारामा वारपार गर्दै ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।