यूकेएनएफबिएफको नयां कार्यसमितिको पहिलो बैठक र मिस्टर नेपाल सानुको बिदाई

  • सोमबार, १४ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) को नवनिर्वाचित सातौं कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । 

 

अल्डरसटको एम्पायर हलमा संस्थाका अध्यक्ष सुक गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उक्त अवसरमा संस्थाको निमन्त्रणामा बेलायत आएका मिस्टर नेपाल सानु गुरुङको औपचारिक बिदाई पनि गरिएको थियो । 

 

संस्थाका महासचिव बिसन गुरुङले बैठकको सञ्चालन गरेका थिए । बैठकले संस्थाले हरेक वर्ष गर्दै आएको यूके नेपाल बडीबिल्डिंग प्रतियोगिता आउंदो वर्ष सन् २०१९ मा पनि आयोजना गर्ने निर्णय गरेको छ । सो प्रतियोगिताको मिति भने पछि तोकिनेछ । 

 

त्यस्तै, संस्थाका सबै सदस्यलाई सहभागी गराएर बारबीक्यू कार्यक्रम आयोजना गर्ने पनि निर्णय बैठकमा गरिएको छ । 

 

 

सोहि अवसरमा मिस्टर नेपाल सानु गुरुङलाई बिदाई गरिएको छ । यूकेएनएफबिएफले आयोजना गर्ने यूके नेपाल बडीबिल्डिंग तथा फिटनेस प्रतियोगिताका मुख्य प्रशिक्षक तथा निर्णायकको भुमिका गर्न उनी हरेक वर्ष बेलायत आउने गरेका छन् । सन् २००५, २००६ र २००६ मा लगातार मिस्टर यूके नेपालको उपाधि जित्न सफल सानु सन् २००५ र २००७ को धर्मश्री विजेता पनि हुन् । 

 

त्यसअवसरमा मन्तव्य राख्दै संस्थाका अध्यक्ष सुक गुरुङ र प्रमुख सल्लाहकार शुक्र राईले मिस्टर नेपाल सानुलाई धन्यवाद ज्ञापन गरेका थिए । मिस्टर नेपाल सानु यहि आउंदो अगस्टमा नेपाल फर्किनेछन् ।

 

कार्यक्रममा यूकेएनएफबिएफका सल्लाहकारहरु किशोर गुरुङ, गंगा गुरुङ ,नारायण गुरुङ, नवराज घले, बुद्धि गुरुङ, बिसन गुरुङ, लोक गुरुङ  र देवान गुरुङ लगायत उपस्थित थिए ।

 

त्यस्तै मिस्टर यूके नेपाल हिमाल भुजेल, कोषाध्यक्ष गंगा गौचन, कल्चरल सेक्रेटरी दिपु गुरुङ र सदस्यहरु  विनोद गुरुङ, कुमार गुरुङ, अमृतमान गुरुङ लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।

 

 

 

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 3 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 3 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 4 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।