यमन वार्ता बन्दी आदानप्रदानमा केन्द्रित हुन्छ – राष्ट्रसङ्घ

Education Park

एडेन । यमनका युद्धरत पक्षहरुबीच संयुक्त राष्ट्रसङ्घको अगुवाइमा यही साता जेनेभामा हुने प्रत्यक्ष वार्ता मुख्यरुपमा बन्दीहरुको आदानप्रदानमा केन्द्रित हुने यमनका सरकारी अधिकारीहरुले बताएका छन् । 

 

राष्ट्रसङ्घले यमन सरकार र इरान समर्थित हुथी बिद्रोहीलाई जेनेभामा बिहीबारदेखि आइतबारसम्म हुने वार्तामा आमन्त्रण गरेको छ । 

 

कुटनीतिज्ञ मार्टिन ग्रिफिथले राष्ट्रसङ्घको अगुवाइमा पछिल्लो वार्ता हुन लागेकाले सम्पर्क र सम्बन्ध स्थापित गर्न तथा विश्वासको वातावरण बनाउन त्यसले योगदान गर्ने विश्वास व्यक्त गरे । सन् २०१६ यता यमनमा युद्धरत दुबै पक्षबीच कुनै पनि वार्ता र सम्पर्क हुन सकेको छैन । 

 

सरकारी अधिकारीहरुले बन्दी आदानप्रदानको सम्झौताका साथै बिद्रोहीको कब्जामा रहेको तटीय सहर होडेडाको भविष्यका बारेमा वार्ता हुने बताए । होडेडा नै अहिले यमन युद्धको मुख्य केन्द्रमा रहेको छ । 

 

यमनका विदेशमन्त्री खालिद अल–यमानीले भेटवार्ता दुबै पक्षबीच आमनेसामने नहुने बताउनुभयो । उनले भने, “राष्ट्रसङ्घीय दूतले दुबै पक्षलाई कसरी व्यवस्थापन गर्दछन् भन्ने कुराले पनि वार्तालाई निर्धारित गर्नेछ ।” 

 

यमनको राष्ट्रपति कार्यालयका प्रमुख एवं जेनेभा प्रतिनिधिमण्डलका सदस्य अब्दुल्लाह अल–ओलाइमीले परामर्शहरु अप्रत्यक्ष हुने जानकारी दिए । वार्तामा कुनै प्रगति भएमात्र प्रत्यक्ष भेटघाट हुन सक्ने पनि उनले बताए । 

 

यमन सरकारले हुथी बिद्रोही समूहले लचकता प्रस्तुत नगरेको अवस्थामा वार्तामा खासै प्रगति होला भन्ने आफूहरुले अपेक्षा नगरेको बताएको छ । “हाम्रो अपेक्षा केबल कैदीबन्दीको रिहाइ मात्र हो,” यमानीले भने । 

 

नाम बताउन नचाहने एकजना सरकारी अधिकारीले बन्दी बनाइएका करिब ५,००० कैदीबन्दीलाई रिहाइ गर्न प्रतिनिधिमण्डलले अनुरोध गर्ने बताए । हुथी बिद्रोहीले पनि आफ्ना ३,००० लडाकुको रिहाइको प्रस्ताव राख्न सक्नेछन्, स्रोतले बतायो । 

 

साउदी अरेबिया र यससँग आबद्ध मुलुकको सहयोगमा आबेड्राब्बो मन्सुर हादीले तीन वर्षभन्दा बढी समयदेखि हुथी बिद्रोहीसँग सङ्घर्ष गरिरहेका छन् । यो युद्धलाई रियाद र तेहरानबीचको छद्म युद्धको उपमा दिइएको छ । 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 6 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 6 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 6 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।