पक्राउ परेका नागराज अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि

Education Park

काठमाडौं । नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ।

 

नागराजलाई गैरकानुनी बाजी सट्टेबाजको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राति पक्राउ गरेपछि उनी दाउदका प्रतिनिधि भएको स्पष्ट भएको दाबी प्रहरी अधिकारीहरूको छ। अग्रवाल दाउदले सञ्चालन गर्ने अवैध धन्दा सट्टेबाजको नेपाल प्रतिनिधि भएको प्रहरीले जानकारी दियो।

 

विश्वकप फुटबल चलिरहेका बेला नागराजका नाममा दुई करोड ४० लाख रुपैयाँ सट्टेबाजमा ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनी काठमाडौं पानीपोखरीबाट पक्राउ परेका हुन्। ‘उनको कनेक्सन भारतीय अन्डरवल्र्डसम्म देखिएको छ।

 

उनी नेपालमा सट्टेबाजको संस्थापक हुन् भने भारतमा उनको लालचन्दलगायका सट्टेबाजसँगको सहकार्य भएको बुझिन्छ’, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले भने। एसएसपी सिंहका अनुसार नेपाली नागरिक अग्रवाल धेरैजसो भारतमा बस्दै आएका छन्। महाशाखाका डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए। आजको नागरिकबाट ।


थप समाचार

आज सुन र चाँदीको भाउ बढ्यो

  • 5 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

  • 10 minutes ago
कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

  • 13 minutes ago
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं प



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।