IIMS College

ISMT

HUB Education

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरे अंग दान गर्ने घाेषणा

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । 

 

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्यः जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौँ नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन् । 

 

यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । उनीहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरे । 

 

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पुर्‍याउने तयारी गरेको बताए । मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उनको भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उनले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । 

 

स्वास्थ्य राज्यमन्त्री डा यादवले मिर्गौला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताए । उनले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अङ्ग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

 

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, डा राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । ‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उनीहरुले बताए । 

 

विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । 

 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गायक दीपक बज्राचार्यले साङ्गीतिक प्रस्तुती दिएका थिए ।


थप समाचार

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 4 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब

डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

  • 8 minutes ago
डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए ।

मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

  • 21 minutes ago
मेगा बैंकले ल्यायो ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू का लागि बैंकले ‘मेग



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।