सरकार छाड्ने उपेन्द्रको धम्कीपछि पप्पूमाथि कारवाही हुनेमा आशंका

काठमाडौं । वर्तमान सरकारमा सहभागी संघीय समाजवादी फोरमका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्य, जनसंख्यामन्त्री उपेन्द्र यादवले सांसद हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पू कन्स्ट्रक्सनलाई कारवाही भए आफूले सरकार छाड्ने चेतावनी दिएपछि रौनियारमाथि कारवाही हुने सम्भवना कमजोर बनेर गएको छ । 

 

उनले प्रधानमन्त्री केपी ओली र नेकपाका शीर्ष नेतालाई पप्पूमाथि कारवाही भए आफूहरुले बाध्य भएर सरकार छाड्ने भन्दै चेतावनी दिएपनि रौनियारलाई छानबिनको नाममा सफाई दिइने भएको छ । सफाई दिने लक्ष्यका साथ नै छानबिन समिति बनाइएको  जानकारहरुको भनाई छ । 

 

नेपालको पूल तथा निर्माण क्षेत्रमा बदनाम सावित भएको पप्पू कन्स्ट्रक्सनमाथि छनबिन गर्न सरकारले एक समिति बनाएको छ । देशभर नै ठेक्का लिएका ३१ वटा पूल मध्ये १५ वटा पूलको निर्माण अवधि सकिएको र अरु पूलको समेत निर्माण कार्यमा व्यवधान खडा गरेको भन्दै सरकारले कारवाहीका लागि छानबिन समिति बनाएको हो ।

 

समितिलाई १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पश्चिमाञ्चल क्षेत्री सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको बताएका छन् ।

 

एकल र संयुक्त गरी कूल ५ अर्ब रुपैयाँ बराबरको ठेक्का लिएको पप्पूले सबै निर्माणको काम अलपत्र पारेको छ । प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पूको काम कारवाही बारे चौतर्फी विरोध आएपछि सबै कागजात मगाउन र  छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यमा ज्यादती गर्नेलाई कानुनअनुसार कारवाही हुने भन्दै छानबिन प्रक्रिया सुरु गर्न भौतिक पूर्वााधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठलाई निर्देशन दिएका थिए । पप्पूले जिम्मा लिएको राजधानीको तिनुकने पूल, परोपकारको पूल र बालाजुको पूलमा सामान्य काम समेत सुरु गरेको छैन ।

 

ती मध्ये तिनकुनेको पूल १२ करोड तथा बालाजु तथा परोपकारको पूल भने ६÷६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ती पूल निर्माणका लागि सामान्य काम समेत सुरु गरेको छैन । ती पूल निर्माण गर्ने अवधि भने सकिइसकेको छ । हुलाकी राजमार्गमा पनि संयुक्त उपक्रममा पप्पूले १० वटा पूलको ठेक्का लिएको छ । पप्पूका मालिक हरिनारायण रौनियार हुन् । उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

 

सडक विभागकाअनुसार २०६८ सालमा जिम्मा लिएका पूल अझै पनि अधूरो रहेको छ । निर्माण व्यवसायीले आयोजना लिने र काम नगर्ने प्रवृत्ति बढेको छ । सरकारी निकाय भन्दा ठेकेदार नै बलिया भएका कारण समस्या बढेको छ । सरकारी निकायलाई प्रभावमा पारेर ठेकेदारले जिम्मा लिएको काम पूरा गरेका छैनन् ।

 

पप्पूका मालिका रौनियारले भने आफूलाई बदनाम गर्ने गिरोह क्रियाशिल रहेको भन्दै गुनासो गरिरहेका छन् । प्रतिनिधिसभाको बैठकमा समेत खासै नआउने रौनियार निर्माण व्यवसायको काम नै संलग्न हुने गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्माण व्यवसायको काम छाडेको दावी गरेपनि उनी अझै ठेक्का कसरी हात पार्ने भन्ने ध्याउन्नमा नै लाग्ने गरेका छन् ।

 

छोरा सुमित अग्रवाललाई जिम्मा लगाएको दावी गरेपनि उनी धेरै जसो ठेक्का पट्टामा लाग्ने गरेको र पछिल्लो दिनमा उनी आफूलाई कारवाही नगर्न भन्दै शक्तिकेन्द्र धाउन थालेको समेत बताइन्छ । तर उनले भने आफूलाई बदनाम गराउन केही प्रतिस्पर्धी समूह खुलेर लागेको दावी गर्छन । पूल निर्माणका किन ढिलाई गरेको त भन्ने प्रश्नमा उनले भने त्यो हाम्रो कारणले मात्रै होइन सरकारी कारणले नै ढिलाई भएको हो । सरकारले छानबिन समितिले दिने प्रतिवेदनका आधारमा पप्पूमाथि कारावही हुने बताएको छ ।

 

मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक श्रेष्ठ सो विषयमा केही बोल्न चाहँदैनन् । उपभोक्ता अधिकारीकर्मीले भने निर्माण व्यवसायमा गलत गर्ने पप्पूलाई कारवाही हुनबाट जोगाउन छानबिन समिति बनाइएको हुन सक्ने र त्यसले दिने प्रतिवेदन समेत सही र तथ्यपूर्ण आउनेमा आशावादी देखिएका छैनन् । पैसाको राम्रै चलखेल गर्न सिपालु रौनियारले भोतिक पूर्वाधार मन्त्री महासेठलाई मोटो रकम बुझाएको चर्चा सिंहदरबारतिर सुन्न थालिएको छ । 

 

मन्त्रीका सचिवालयका कर्मचारी र रौनियारका छोरा सुमितको पनि भेटघाट बाक्लै हुने गरेको छ । भेटघाटमा सहभागी एक कर्मचारीकाअनुसार रौनियार सर जत्तिको मजाको मान्छे त यो दुनियाँमा कोही पनि छैनन् भन्दै मन्त्री महासेठले धाप मार्ने गरेको छन् । 

 

ओली सरकार बदनाम गराउन विशेष योग्यता राखेका महासेठका कारण नै रौनियारलाई कारवाही हुन रोकिएको र त्यसमा उपेन्द्र यादवको समेत आठ भरोसाले काम गरेको बताइन्छ । पैसाको बलमा नै निर्वाचन जितेको भन्ने जस्ता चर्चा पनि निर्वाचनको समयमा रौनियारको सन्दर्भमा जोडेर नआएको होइन । तर उनलाई कहिल्यै पनि कसैले पनि कारवाही गर्न नसकेका कारण उनको ज्यादती बढेको हो । 

 


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।