माथिल्लाे तामाकाेशीकाे २ अर्ब बराबरकाे शेयर बिक्रीकाे लागि स्वीकृति

फाइल फाेटाे

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । 

 

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । 

 

बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले रु. एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् । 

 

यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्नेछ । सो अनुपातमा सर्वसाधारणले रु. एक अर्ब ५८ करोड ८५ लाखबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर प्राप्त गर्ने छन् । 

 

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्स्चेन्जमा भने सूचीकृत हुन सकेको छैन । 

 

स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको छ । आयोजनाले स्थानीयवासीलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको छ । 

 

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित तथा कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

 

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।


थप समाचार

श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

  • 7 minutes ago
श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

  • 15 minutes ago
दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेक

च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • 27 minutes ago
च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।