माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • बिहीबार, १२ आषाढ, २०७६
  • 3 weeks ago
  • नेपाल
Education Park

जिरी । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो ।

 

मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जानकारी दिए। तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए । यसको गति सात मिटर प्रतिमिनेट रहेको उनले बताए ।

  

मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए ।

 

दश दिनअघि तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे”, उनले भने, “पाइप जडानकै कारण आयोजनाबाट विद्युत् उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ ।” 

 

माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ  । 

 

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९लट ३०को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । 

 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट २) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ ।

 


थप समाचार

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

  • 37 seconds ago
व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ ।

आज सुन र चाँदीको भाउ बढ्यो

  • 13 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

  • 18 minutes ago
कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।