उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो । 

 

दुवै टिममा स्टार खेलाडीहरु रहेको कारणले गर्दा आजको खेल निकै रोचक हुने निश्चि रहेको छ । 

 

यहाँ हामीले यी दुई राष्ट्रबारे केही जानकारी प्रस्तुत गर्दैछौं । 

 

– उरुग्वेसँगको पछिल्लो ८ खेलमा फ्रान्सले मात्र १ खेलमा जित हासिल गरेको छ भने ४ खेलमा बराबरी तथा ३ खेलमा हार व्यहोरेको छ । 

 

– विश्वकपमा उरुग्वेलाई फ्रान्सले पराजित गर्न सकेको छैन । उरुग्वेले १ खेलमा जित हासिल गरेको छ भने २ खेल बराबरीमा सकिएको छ । उरुग्वेले सन् १९६६ मा फ्रान्सलाई २–१ गोलले पराजित गरेको थियो भने सन् २००२ तथा २०१० को विश्वकपमा दुवै राष्ट्रले गोलरहित बराबरी खेलेको थियो । 

 

– फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसको पहिलो उरुग्वेसँग गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेल सन् २०१२ को अगष्टमा भएको थियो । आजको खेल उनको लागि ८१ औं हुनेछ । 

 

– दक्षिण अमेरिकी राष्ट्रसँग फ्रान्स पछिल्लो ९ खेलमा अपराजित रहेको छ । 

 

– उरुग्वेले विश्वकपको पछिल्लो ४ खेलमा जित हासिल गरेको छ । यसभन्दा अघि उरुग्वेले सन् १९५० तथा १९५४ मा लगातार ४ खेलमा जित हासिल गरेको थियो । 

 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 4 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।