युएस ओपनः फेडरर र सारापोभा पराजित

  • मंगलबार, १९ भदौ, २०७५
  • 4 months ago
  • खेल

न्यूयोर्क । अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन् । 

 

विश्व बरियतामा नं। २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए । फेडररलाई म्याकमिलनले ३–६, ७–५, ७–६, ७–६ ले पराजित गरे । 

 

युएस ओपनमा फेडेरर यसअघि सन् २०१३ मा टम्मी रोब्रेडोसँग चौथो राउन्डमा पराजित भएका थिए । विजयी भएलगत्तै म्याकमिलनले फेडेरर आफ्ना लागि जहिल्यै आदर्श व्यक्ति र हिरो रहेको प्रतिक्रिया दिए । 

 

अर्को खेलमा सन् २००६ की युएस च्याम्पियन मारिया सारापोभा कार्ला युआरेज नाभार्रोसँग पराजित भइन् । स्पेनिस खेलाडी कार्लाले सारापोभालाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् । सारापोभाले यसअघि सन् २०१४ मा पछिल्लो पटक सबैभन्दा ठूलो प्रतियोगिता फ्रेन्च ओपन जितेकी थिइन् ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।