पौराणिक इतिहासमा सृष्टिको संरचना !

Education Park

सृष्टिको संरचना सम्बन्धमा विभिन्न शास्त्रका विभिन्न मत रहेका छन् । हाम्रो हिन्दू शास्त्रमा आधारित ग्रन्थमा पनि कतिपय अपत्यारिला र असान्दर्भिक कुराहरु पाइन्छन् । पुराणहरू बीचमै कुरो फरक–फरक पाइनुले शास्त्रहरूमा पनि फलाना पुराणमा उल्लेख भएअनुसार भनेर उधृत गरिन्छ । 

 

जस्तोकी मधुर कैटभको रगत र मासु बाट पृथ्वीको उत्पति हुनु, दक्षका तेत्तिसकोटी छोरी तेत्तिस कोटी देवताले बिबाह गर्नु, हनुमानले सूर्यलाई निल्नु, शिवजीले जनावरका टाउको काटेर मानिसको शरीरमा जोडिदिनु, शिवलिङ्गले ब्रह्माण्ड ढाक्नु, भुँडे गणेशले मुसोमा सवार गर्नु, शिवको वीर्यबाट निस्केको अग्निज्वाला तापेर ऋषि पत्नीहरू गर्भवती हुनु, नदीमा उल्टी गर्दा कुमारको जन्म हुनु, कुन्तीले सुर्य वायु, अग्नि, जल, भुमि, जस्ता वस्तुलाई आह्वान गरेर बिना गर्भाधान सन्तान पैदा गर्नु, लङ्काकी मन्दोदरीले गर्भपतन गराएको भ्रुण नेपालको जनकपुरमा पाइनु, यस्ता कैयौँ अनुत्तरित प्रश्नहरू छन् जसको कारण अहिलेको वैज्ञानिक युगमा सहजै विश्वास गर्न कठिन छ । धर्मका अनुयायीहरुमा वितर्क गर्ने चलन पनि छैन ।

 

सत्य के हो त भन्ने खोजी गर्नु पनि प्राचीन कुराहरूका विषयमा गरिने अनुसन्धान पनि बैदिक भाषा सहज रुपमा बुझ्न नसकिनु र यी ग्रन्थहरूमा पनि सबैमा एकमत नभई आफैमा बिवादित देखिनु यसका पनि कमजोर पक्ष हुन् । 

 

यसअर्थमा पनि प्राचीन इतिहासको खोजी गर्दा ‘हावा नचली पात हल्लिँदैन’ भन्ने उखान अनुरूप यत्रा ग्रन्थहरूलाई सबै काल्पनिक हुन भनी घोषित गर्नु पनि निराधार हुनेछ । त्यसैले पनि यो के हो त भनी मनमा लागेका जिज्ञासाहरू मेटाउने एक उपाय भनेकै यिनै शास्त्रहरुलाई चिरफार गरेर केलाउनु नै यसको एक मात्र समाधान हो । पाश्चात्यहरूले बरु यो पुर्बीया हिन्दु ग्रन्थ वेद भनेको के हो ? भन्दै अनुसन्धान गरिरहेको कुरा बेलामौकामा समाचारहरूमा देख्न पाइन्छ तर यो ग्रन्थका जिम्मेवार हिन्दुधर्मालम्बी नै यसको वास्तविकता देखि टाढा छौ । यसको विषयमा जान्ने चेष्टा पनि नगरी सिधै आलोचना गर्दछौं । मानिसलाई अरूको अनुभवको बारेमा आलोचना गर्नु सजिलो लाग्छ । यो के हो त भनी खोजी गर्नु अवश्य पनि गाह्रो विषय हो । यसै सन्दर्वमा यहाँ एउटा उदाहरण पेस गरेको छु ।

 

कुनै बेला एउटा कलाकार हुन्छ र उसले एउटा चित्र लेखेर फोटो कपी गरी एकप्रति चित्रको माथि शिरमा, ‘कृपया नमिलेको स्थानमा टिक गरी तल नोट लेखि दिनुहोला’ भनि सूचना लेखी एउटा चौतारोमा लगि टाँसिदिएछ । अर्को दिन प्रतिक्रिया बुझ्न जाँदा चित्र त पुरै केरिएको र कमेन्टले भरिएकोदेखि, त्यो दिन फेरि अर्को फोटो कपि चित्रमा ‘कृपया नमिलेको स्थानमा सच्याई दिनुहोला’ भनि हेडिङमा सूचना लेखेर त्यही स्थानमा टाँसिदिएछ । त्यो दिनमा हेर्नेहरुले तिनै–तिनै त्रुटिहरू औँल्याए पनि सच्याउँदा झन् बिग्रन सक्ने डरले चित्रमा कलम चलाउन कसैबाट हिम्मत नगरिएकाले चित्रमा दागसम्म पनि लागेन । यस्तै यहाँ पनि शास्त्रमा देखिएका कुराहरूमा टिका टिप्पणी गर्नु जति सजिलो छ त्यति सजिलो सत्य केहो त ? भनेर प्रमाण जुटाउन अवश्य पनि सहज छैन । त्यसैले कसैको मत उपर खिल्ली उडाउनु भन्दा आफू पनि त्यसको वास्तविकताको अध्ययनमा लाग्नु उपयुक्त हो । 

 

यिनै प्रश्नहरूबाट पिरोलिएको म आफुलाई यसैमा यही विषयको खोजीमा लाग्दा जे पाएँ त्यो यहाँहरुको सामु प्रस्तुत गर्दैछु ।   

     

हिन्दु धर्ममा आधारित शास्त्रीय मत अनुसार, सृष्टिकर्ता ब्रह्माजीलाई सृष्टि सञ्चालनको निमित्त निर्देशिकाको रुपमा परब्रह्म बाटै दिइएको ग्रन्थ ‘वेद’ हो । जो ब्रह्माजीको मुखबाट उत्पन्न भएको पनि भनिन्छ । वेद व्यासद्वारा रचित ग्रन्थ पनि भनिन्छ । श्रुतिस्मृति मा आधारित भएर ब्यासजीद्वारा यहि बेदलाई विषयगतको धारमा चार भाग गरी यसका पनि उपशाखाको रुपमा उपवेदहरू निर्माण गरिएका छन् । जेहोस् हालसम्म हिन्दूले मानी आएको मूल ग्रन्थ यही वेद हो । जसमा सृष्टिदेखि अध्यात्मिक तथा भौतिक जीवनमा आधारित उत्पादनको बारेमा पनि वर्णन गरिएको छ । यो ज्ञानको भण्डारको कदर आजका वैज्ञानिकहरुबाट पनि हुँदै आएको कुरा लोकसम्मत जाहेर नै छ । यही ग्रन्थको भावना अनुरुप पुराण र गीता रचना गरिएको कुरा पनि शास्त्र सम्मत नै छ । हुन त यस्तो पनि लाग्छ कि प्राकृतिक धुनलाई मानिसले आफ्ना मनका कल्पनाको आधारमा आफ्नै किसिमका मन गढन्ते अर्थ लगाए जस्तो भाषा, आचरणका विधि फरक–फरक भए पनि सिद्धान्तगत त वेदका कुरा सबै धर्मका अनुयायीहरुसँग मेल खान्छ भनिन्छ । महाभारतको युद्धमा श्रीकृष्णजीले अर्जुनलाई उपदेश दिने क्रममा दिनुभएको वाणीको संकलन नै श्रीमद्भागवत गीता हो । 

 

यही गीताको अध्याय १५ र १८ मा पनि सृष्टिका बारेमा यसै अनुरूप वर्णन गरिएको छ । यिनै गीताको आधारमा रहेर सतलोक आश्रम चण्डी गढबाट प्रकाशित ‘ज्ञान गङ्गा’द्वारा पनि यही कुरालाई प्रष्ट पार्ने प्रयास गरिएको छ । मैले पनि यिनै लेखहरूको अध्ययन बाट प्रभावित भएर यस वाट प्रष्ट हुन नसकेका कुराहरु गुगलको माध्यमद्वारा अन्तरिक्षको पुस्तकालयमा अध्ययन गरी आफुलाई उचित लागेको र आफूले बुझ्न सकेजतिको आधारमा निहित भई, यो लेख तयार गरेको छु ।

 

आफ्नै वंश परम्पराबाट मानि आएको हिन्दु धर्मको बारेमा अनभिज्ञ हुनुपर्दा धर्ममा हुँदै आएको क्षतिको कारण समाजमा उत्पन्न हुँदै आएको अन्याय, अत्याचार, दुराचार जस्ता प्रवृत्तिले समाजमा प्रश्रय पाइरहेको बेला अवसरको फाइदा उठाउन पछि नपर्ने अवसरवादी विधर्मीहरू ( धर्मको वास्तविकता नबुझ्नेहरु)ले साम्प्रदायिक धर्मको आडमा आफु अनुकूलको समाज स्थापना गराउन घरघरमा पुगि नव युवायुवतिहरुलाई, जातीयताको कारण अपहेलित हुन पुगेका दलितवर्गहरुलाई, गरिबीबाट सताइएका विपन्न वर्गहरुलाई र रोगीहरूलाई झूटा आश्वासन बाँडेर होस वा लोभमा पारेर होस, हिन्दु परम्परादेखि भड्काई खुल्लम्खुल्ला धर्म परिवर्तन गराउनेहरुको त अहिले अभियान नै चलेको छ । अत्याधिक बहुमत रहेको विश्वको एकमात्र हिन्दु राष्ट्रको संविधान बनाउने जस्तो महत्वपूर्ण अवसरमा सदनमा नै हिन्दु धर्मको विपक्षमा दबाब पर्न आउनु, यो नै एक प्रत्यक्ष प्रमाण हो । 

 

बेद भनेको सृष्टिको क्रममा पूर्ण ब्रह्मबाट क्षय पुरुषलाई भएको निर्देशनको आधारमा क्षय पुरुषद्वारा ब्रह्माजीलाई सृष्टि गर्न र लोक सञ्चालन गर्नका निमित्त निदेर्शिकाको रुपमा दिइएको ग्रन्थ हो भनिएको छ । यो ग्रन्थ पहिला ब्रह्माजीलाई पनि स्मरण शक्तिको आधारबाट दिइएको थियो र यही स्मरण शक्तिको आधारमा अब सृष्टि कसरी गर्ने त भनि चारैतर्फ शिर घुमाउँदा ब्रह्माजीका चार मुख भएका थिए र यिनै चार मुख बाट निस्केका वाणि चार बेद थिए भनिन्छ । यिनै बेदलाई ऋषिहरूद्वारा लिपिबद्ध गरिएको थियो जो हयगृव दानवले ब्रह्माजीको हात वाट छिनि समुद्रको पिँधमा पु¥याई लुकाएको थियो । यी चार बेद भनेका ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद हुन् । यसका पनि खण्डखण्ड गरी धेरै बेदहरू निर्माण गरिएका छन् जसलाई उप–बेद भनिन्छ । यिनै बेदद्वारा उपनिषद्हरु पनि निर्माण भएका छन् जसलाई यिनै विषयहरुमा स्पष्ट पार्न ऋषिहरूद्वारा भगवानसंग वार्तालाप गरिएको कुराहरु संकलन  गरिएको छ । 

 

वेदलाई चार भागमा विभाजित गरिएको भएता पनि यजुर्वेद, सामवेद र अथर्व वेद सबै ऋग्वेदमा आधारित छन् भनिएको छ । यो ऋग्वेदमा मात्र १०,५६२ पंक्तिमा १०२८ स्तुतिमात्र समावेश भएका छन् । कर्म काण्डका बारेमा पनि यही ऋग्वेदमा नै वर्णन गरिएको छ । जसमा जन्म मृत्युका संस्कारका कुराहरु पनि विस्तारपूर्वक वर्णन गरिएको छ भनिन्छ । उपनिषद्हरू १०८ छन् जसमध्ये १३ उपनिषद् मुख्य मानिन्छन् । यी हुन्– ईश, केन, कठ, प्रश्न, मुण्डल, माण्डूक्य, ऐतरेय, तैतरीय, छान्दोग्य, बृहदारण्यक, कौशितिकि, श्वेता श्वेत, मैत्रायणी, । यसका अतिरिक्त अरू बाह्र उपनिषद् पनि उपयोगी मानिएका छन् । सृष्टिको वारेमा यही माथि उल्लेखित ‘केन’उपनिषद्मा उल्लेख गरिएको छ भन्ने पाइन्छ । 

 

केन उपनिषद्मा उल्लेख भए अनुसार यो पृथ्वीको सृष्टि नहुँदै ब्रह्माण्डमा पहिला एक निराकार आत्मा मात्र हुन्छ । उनैलाई यो ब्रह्माण्डको रचना गर्ने इच्क्षा हुन्छ र सर्वप्रथम एक स्वरूपको निर्माण गर्ने सोच गर्दछन् । पहिला मुखको रचना हुन्छ, जसबाट अग्नि देवताको उत्पन्न हुन्छ र उनले वाणि दिन्छन् । फेरि नाकको रचना हुन्छ, जसबाट वायु देवता उत्पन्न हुन्छन् र हावा (श्वास) दिन सुरु गर्छन् । त्यसपछि आँखाको रचना हुन्छ र आँखाबाट सुर्य देवता उत्पन्न भई ज्योति (दृष्टि) दिन्छन् । अनि हात पाउ समेत सम्पूर्ण शरिरको रचना गरी आफु त्यस शरिरको शिर भाग वाट भित्र प्रवेश गरेर जीवात्माको उत्पति गर्दछन् । 

 

यसरी शुन्य आकाश बाट ध्वनि, ध्वनि पछि श्वास, श्वास पछि ज्योति, ज्योति पछि जल र जल पछि पृथ्वीको रचना भएको भन्ने उल्लेख गरिएको छ । पञ्चतत्वमा आधारित शरिर भन्नुको अर्थ पनि यही बुझिन्छ । यही शक्ति पुरुषलाई ‘पूर्ण ब्रह्म’ भनिएको छ । यही पूर्ण ब्रह्म शक्ति पुरुषले सर्वप्रथम तीनवटा लोकको रचना गर्छ र अक्षर पुरुष (पर ब्रह्म) र क्षर पुरुषको (ब्रह्म)को रचना गरी, यी तीन लोक मध्ये एउटा लोकमा आफु बसी अरू दुई लोक यी दुई पुरुषलाई सुम्पिई अरू सात शङ्ख ब्रमाण्डको संरचना गरेर त्यसको मालिक (स्वामी) अक्षर पुरुषलाई बनाइन्छ र एक्काइस ब्रह्माण्डको रचना गरेर त्यसको स्वामित्व क्षर पुरुषमा दिइन्छ । अक्षर क्षर पुरुषद्वारा नासवान प्रकृतिको रचना गर्दछन् । यिनै क्षय पुरुषले रचना गरेका जडवस्तुमा अक्षय पुरुष आत्माको रुपमा प्रवेश गरेर जीवन दिनु पर्ने हुन्छ । यी दुवैको मेलबाट सृष्टिको संरचना सुरु हुन्छ । सृष्टिको निमित्त पुर्णब्रह्म बाटै नारी शक्तिको रुपमा प्रकृति स्वरुप दुर्गालाई रचना गरी क्षर पुरुषको श्रीमतीको रुपमा पठाइन्छ र बल्ल क्षरपुरुष बाट सृष्टिको बारेमा चिन्तन सुरु हुन्छ । 

 

हालसम्म हाम्रा खोला खोल्सीका नाग झाँक्रीका स्थान स्थानीय टोल छिमेकका देव देवालयहरू सवै ओझेलमा परी सकेका छन् । मूर्तिहरू दिनानुदिन चोरी हुँदैछन् । मन्दिरहरू बेवारिसे बन्दै असुरक्षित र संरक्षण विहीन हुन पुगेका छन् । नाग झाँक्रीहरू पुजिन छाडेका छन् । वाग्मती विष्णुमती जस्ता नदीहरूदेखि लिएर ठूला–ठूला नदीहरू समेत दिन प्रतिदिन प्रदूषण बनिरहेका छन् । हाम्रै पालासम्म गाउँघरमा चलाएका आजा पूजाहरू सत्यनारायण पुजा कथा, स्वस्थानी ब्रत कथा, महालक्ष्मी पूजा ब्रत कथा, जस्ता कैयौँ पूजा व्रतहरू पनि दिनानु दिन लोपहुँदै गएका छन् । महिलाहरूद्वारा गरिने सोमबारे औँसीको पूजा र ऋषि पञ्चमीको पुजा, हिन्दु धर्ममा आधारित सुहागका आचरणहरू सवै दिनानु दिन लोप हुँदै गएका छन् । 

 

कर्मेष्ठी पुरुषहरूद्वारा गरिने दैनिकि नित्य कर्म, स्नान, सन्ध्या, पूजा पाठ आदि कर्महरु गर्न छोडी सकिएका छन् । तागाधारीहरुमा व्रतबन्धको महत्व लोपहुँदै गएको छ र टुप्पि राख्ने र जनै धारण गर्ने प्रचलन हराई सकेको छ । एकादशी ब्रत औँसीको श्राद्धको महिमा हराई सकेको छ ।  किरिया श्राद्ध कर्महरु पनि कहीँ पालना हुँदै आएको देखिए तापनि विधि नियमपूर्वक नभई लोकाचार देखावटी जस्तो रुपमा मात्र देखिनुले अन्त्यष्ठीका कर्महरु पनि दिनानु दिन ओझेलमा पर्न गएका छन् । पुराणहरूको भनाई अनुसारको यूगको भविष्यवाणी, व्यवहारमा पनि प्रत्यक्ष देखिदैं र भोगिदैं आएको छ । ‘यदा यदाहि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानम धर्मस्या तदात्मान सृजाम्यहम् । परित्राणाय साधुनां विनासाय च दुस्कृतम, धर्म संस्थापनार्थाय संभवामि यूगे–यूगे’ । यो श्लोक महाभारतको युद्धमा कृष्ण भगवानले अर्जुनलाई ज्ञान उपदेश दिने क्रममा भन्नुभएको वचनलाई गीतामा उल्लेख गरिएको वाणि हो । यही श्लोकको भनाई अनुसार पनि अन्याय र अत्याचारले अतिक्रमण गरेको बेला प्रत्येक युगमा दैवीय अवतार हुँदै पनि आएको छ । 

 

धर्मको आधार नभएसम्म युग टिक्न सक्दैन । धर्म भनेको आस्थाको आधारमा गरिने सामाजिक अनुशासन हो । विना अनुशासन परिवार समाज राष्ट्र कुनै पनि टिक्न सक्दैनन् । अवतारले आस्थाका श्रोतहरूको संरक्षण गरी अपराध जन्य क्रियाकलापको निर्मुलपारी सृष्टिको संरक्षण गर्ने काम गर्छ । यसको उदाहरण सत्ययुगदेखि आजसम्म भएका दशावतार किन भए ? कस्तो अवस्थामा भए ? यस बारेमा जान्नु भन्दा पहिला यी दश अवतार भनेका के के हुन ? यो जानिहालौं । मत्स्य, कूर्म, वराह, नृसिंह यी चार अवतार सत्य युगमा भएका थिए । वामन पर्शुराम, र रामावतार त्रेता युगमा भए । द्वापरमा बलराम र कृष्णावतार भयो । कलिमा बुद्धावतार भइसकेको छ भने अव युगको अन्त्यसम्म कल्कि अवतार हुने शास्त्रीय मत रहेको छ ।

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 18 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 33 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 53 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।