भ्यु टावर निर्माणसँगै दाङमा थपियाे पर्यटकीय गन्तव्य

Education Park

दाङ । दाङमा पर्यटकीय गन्तव्य थप भएको छ । घोराही—१८ नमः छु बौद्ध गुम्बामा भ्यू टावर निर्माणसँगै सञ्चालनमा आएपछि पर्यटकीय गन्तव्य थप भएको हो । 

 

तीन बर्षको पहल र प्रयासपछि पुन परिवारको आर्थिक लगानीमा मनदिल पुन भ्यू टावर निर्माण भएको हो । ४० लाख भन्दा बढीको लगानीमा निर्मित भ्यू टावरको आज बुधबार उद्घाटन समेत गरिएको छ । 

 

घोराही बजारदेखि उत्तर भाग दुई किलोमिटरको दुरीमा टावर निर्माण गरिएको छ । मनदिल भ्यू टावरको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् । 

 

घोराही–१८ निबासी पूर्व भारतीय सेनाका क्याप्टेन ८७ बर्षीय मनबहादुर पुन र श्रीमती ७८ बर्षीया दिलमाया पुनको नामबाट उनका छोराहरुले भ्यू टावर निर्माणका लागि लगानी गरेका हुन् । 

 

पुन परिवारले ४० लाख लगानीमा निर्माण गरेको भ्यू टावरमा थप ५ लाख रुपैयाँ लाग्ने जानकारी दिएको छ । मनबहादुर पुन र उनका छोराहरु गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावरमा सिसि टिभि क्यामरा, दुरविन राख्न बाँकी रहेको छ । 

 

दाङमा पहिलो पटक निर्माण गरिएको भ्यु टावरबाट एक पटकमा १५ देखि २० जना चढेर दाङ उपत्यकाको अवलोकन गर्ने व्यवस्था गरिएको छ । टावरबाट दाङ उपत्यकाको अधिकांश भू–भाग देख्न सकिन्छ । १७ कट्ठा जग्गामा फैलिएको नमः छु बौद्ध गुम्बाको परिसरमा ५२ फिट उचाइको टावर निर्माण गरिएको निर्माणकर्ता नरेन्द्र पुनले जानकारी दिए । निर्माण पश्चात गुम्वा समितिलाई टावर हस्तान्तरण गर्ने जनाइएको छ । 

 

भ्यु टावरमा चढ्नका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई ३० रुपैँया शुल्क निर्धारण गरिएको छ । समितिले भ्यू टावरबाट आउने रकम भ्यू टावरको मर्मत गर्ने साथै शिक्षा, स्वास्थ्य, खेलकुद र पत्रकारिताको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्ने जनाएको छ । 

 

गुम्बा व्यबस्थापन समितिका अध्यक्ष सतबहादुर रोका मगरले भ्यू टावरले गुम्बाको बिकासमा सहयोग पुग्ने बताए । गुम्बासम्म पुग्नको लागि सडकको स्तरोन्नती गर्ने, सिढी निर्माण गर्ने, व्यवस्थित शौचालय, पार्किङस्थललगायतका पुर्वाधारहरू निर्माण गर्न बाँकी रहेको रोका मगरको भनाई छ । 

 

१७ मिटर अग्लो र साढे पाँच मिटरको चौडाईमा निमार्ण भएको उक्त भ्यू टावर भूकम्प प्रतिरोधी रहेको जानकारी पनि जनाइएको छ । इञ्जिनियरबाट अनुमति लिएर भ्यू टावर निर्माण शुरु गरिएको पुन परिवारले जनाएको छ ।


थप समाचार

लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

  • 2 minutes ago
लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

करिब दुई दर्जन रुटका ५० बसहरुमा 'नेपाल लाइफटाइम एक्सपिरियन्स' का पोस्टरहरु टाँसिएका छन् । पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लण्डनका

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 18 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको

समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

  • 22 minutes ago
समृद्धिका लागि अगाडि बढ्यौँ : मुख्यमन्त्री गुरूङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहर



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।