विश्वकै धनी गाउँ जहाँ छ आश्चर्य लाग्दा सुविधाहरू

चिनको सबैभन्दा धनि गाँऊ जँहाका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढि तर यी सब सुविधा एकचोटी गाँऊ छोडेमा सबै काटिन्छन् ।

 

पुर्वि चिनको हुवाक्सी गाँऊ जँहा ७२ तले गगनचुम्बी भवनसमेत छ ।

 

गाँऊको होटलमा रहेको प्रेसिडेन्सियल सुटमा प्रतिरात बसेको ११ देखी १३ हजार अमेरिकी डलरसम्म पर्दछ ।

 

चिनको सबैभन्दा धनि गाँऊ उपनामले चिनिने यस गाँऊले भर्खरैमात्र आफ्नो ५५ औं वार्षिकोत्सव मनाएको छ ।

 

चिनिँया कम्युनिष्ट पार्टीको शासनको कुशल नेतृत्वको उदाहरण दिन चिनको सरकारी मिडियाले यसगाँऊलाई देखाउने गरेका छन् ।

 

तर धेरैजसो मानिसले यसको केन्द्रिकृत व्यवस्थालाई चुनौति दिंदै यसलाई एक हल्ला मानेका छन् ।

 

गाँऊको आफ्नै ७२ तल्ले गगनचुम्बी भवन, हेलिकप्टर ट्याक्सी, थिम पार्कहरु र लस्करै मिलेका अत्याधुनिक बङ्गला यो भन्दा भव्य गाँउ सोच्न पनि सकिंदैन् । तर चिनको हुवाक्सी गाँऊको बारेमा सुनेपछि जोकोही पनि अचम्ममा पर्दछ । यँहाका प्रत्येक दुई हजार जना मानिससँग दशलाख भन्दा बढी युआन बैंकमा रहेको छ । प्रत्येक परिवारलाई एक अत्याधुनिक बङ्गला र एक कार दिइएको छ तर एकचोटी गाँऊ छोडेर जानसाथ ति सुविधा आफैं काटिनेछन् ।

 

कडा समाजवादी नियममा चलेको मानिएको यो गाँऊले भर्खरैमात्र आफ्नो ५५ औं वार्षिकोत्सव मानिएको छ ।

 

यो गाँऊ जियाङ्सु प्रान्तको  जियाङ्यिन शहर अन्तर्गत प्रशासित रहेको छ जुन सुन्दर भौगोलिक स्थानहरु र प्रचुर कृषि स्रोतहरुले भरिपूर्ण रहेको भनि चिनिन्छ । यो गाँऊ चिनको आर्थिक शहर मानिने सांघाई शहरबाट मात्रै २ घन्टाको दुरीमा रहेको छ ।

 

चिनिया कम्युनिष्ट पार्टीको सफल नेतृत्वले कसरी एक सानो गाँऊलाई आर्थिक रुपमा यति सबल र समृद्द बनाएको छ भनि देखाउन प्रयोग गरिन्छ ।

 

हुवाक्सी गाँऊ छिर्ने प्रवेशद्दारमै आकाश मुनिको नम्बर एक गाँऊ लेखिएको साइनबोर्ड झुन्ड्याइएको छ । जुन नाम चिनियाँहरुले यसगाँउलाई दिएका हुन् ।

 

यो गाँऊ सबैभन्दा पहिले सन् २००३ मा गाँऊको वार्षिक आय १०० अरब युआन रहेको तथ्य प्रकाशमा आएपछि चर्चामा आएको हो ।

 

त्यसको एकवर्षपछि हुवाक्सीले आफ्ना नागरिकको वार्षिक तलब १ लाख २२ हजार ६ सय युयान रहेको तथ्य सार्वजनिक गरेपछि झनै चर्चामा आएको थियो । आफ्नो आर्थिक सम्पन्नतालाई देखाउन यसले ३ अर्ब चिनिया युयान खर्च गरेर सन् २०११ मा आफ्नो ७२ तल्ले गगनचुम्बी भवन तयार गरेको हो । यस भवनलाइ हुवाक्सीको झुन्डिएको गाँऊ भनेर चिनिन्छ । ३ सय २८ मिटर अग्लो यो भवन फ्रान्सको आइफेल टावरभन्दा चार मिटर अग्लो र अमेरिकाको च्राइस्लेर भवनभन्दा नौ मिटर अग्लो रहेको छ । 

 

टावरभित्र ८ सय २६ कोठा रहेको सुपर फाइभ स्टार होटल रहेको छ । जँहा १६ प्रेसिडेन्सियल सुइट र १ गोल्ड सुइट रहेको छ जँहा एक रात बिताएको एकलाख युयान (११ हजार ६०० अमेरिकी डलर) पर्दछ । 

 

गाँऊको आफ्नै लक्जरी ट्रान्सपोर्ट कम्पनी जसले आफ्ना नागरिकलाई आवतजावतको लागि बस वा कार होइन हेलिकोप्टर को सुविधा प्रदान गर्दछ ।

 

चिनको आर्थिक र वित्तिय प्रकाशन गृहले सन् २०१४ मा प्रकाशन गरेको पुस्तक ‘इकोनोमिक स्ट्राटेजीज एण्ड प्राक्टिस अफ मोर्डन चाइना’ मा यस गाँऊको बारेमा अनौठा तथ्यहरु प्रकाशित भएको हो । पुस्तक अनुसार हुवाक्सीले कडा केन्द्रिकृत आर्थिक प्रणाली अपनाएको छ । 

 

केही मिडियाहरुले यसगाँऊलाई चिनको कम्युनिष्ट पार्टीको राजनैतिक प्रोपोगान्डाको रुपमा लिने गरेका छन् । 

 

 

 

 


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 1 minute ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 14 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 27 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।