IIMS College

ISMT

HUB Education

भाइरल ज्वरोका कारण श्रीलङ्कामा १४ बालबालिकाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काेलम्बाे । श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन्। 

चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन्। 

दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ। 

मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताए। उनीहरूमा पछिल्लो अवस्थामा श्वासप्रश्वास र निमोनियाको समस्या पाइएको उनले जानकारी दिए।

कारापातिया अस्पतालमा अहिले ४९ जना भाइरलजन्य समस्याका बिरामीको उपचार भइरहेको बताइएको छ। 

यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार नै स्वास्थ्य अधिकारीलाई तत्काल भाइरल नियन्त्रणका लागि उपाय अवलम्बन गर्न निर्देशन दिइसकेका छन्।

स्वास्थ्य अधिकारीले यसपहिले भाइरल फ्लू एडिनो भाइरस तथा इन्फ्लूयन्जाका कारण फैलिएको बताएका थिए। 


थप समाचार

भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

  • 6 minutes ago
भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

  • 9 minutes ago
केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

  • 14 minutes ago
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।