यी हुन् भारतमा भाइरल भएका महिला, जसले नेपालमा पनि चर्चा बटुले

एजेन्सी । नेपालमा मात्रै होइनन् भारतमा पनि केही व्यक्तिहरु एउटा सामान्य भिडियो वा फोटोको कारण भाइरल हुन्छन् । यहाँ हामीले भारतमा भाइरल भएका केही पात्रहरुको चर्चा गरेका छौं जसले नेपालमा पनि राम्रै चर्चा पाए ।

 

प्रिया प्रकाश वारियर

 

 

केरेलाकी १८ वर्षीय प्रिया प्रकाश वारियर एउटा भिडियो सिनको कारण हिट भइन् । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे अघि रिलिज भएको एउटा भिडियोमा प्रिया लक्ष्मीको एउटा सिनले लाखौं युवायुवतीहरुको मन जित्यो । उनले आँखा भिम्क्याउँदा पूरा भारत नै रोकियो भनेर बीबीसीले समाचार प्रकाशित गरेको थियो । उनको भिडियो नेपालसहित विश्वका हरेक देशमा भाइरल भयो । भिडियोले निकै चर्चा पाएपछि उनले भनिन् ‘यस कामलाई हामीले सामान्य रुपले लिएका थियौं तर, रातारात भिडियो अन्तर्राष्ट्रिय स्तरमा पुग्यो ।’

 

ढिन्च्याक पूजा

 

बेसुरे गीत गाएर चर्चामा आएकी एक भारतीयको नाम हो ढिन्च्याक पूजा । स्वर, संगित, शब्द तथा लयबीना नै ढिन्च्याक पूजाले गीत सहित भिडियो सार्वजनिक गरिन् । गीत संगितको शौखिन ढिन्च्याक पूजालाई यति धेरै दर्शकले हेरे कि उनी रातारात भइरल नै बनिन् । गीतकै कारण उनलाई चर्चित रियालिटी शो बिग बोशबाट समेत निमनत्रणा आयो ।

 

रीना द्विवेदी

भारतको लखनऊको पीडीडी विभागमा काम गर्ने रीना द्विवेदीले निर्वाचनको बेला निकै चर्चा बटुलिन् । मतदानको पाँचौं चरणको मतदानको बेला उनी पहेंलो सारी लगाएर हातमा निर्वाचनका सामग्री बोक्दै हिडेको फोटो सार्वजनिक भएपछि रातारात उनको चर्चा भयो ।

 

स्मृति मंधाना

भारतीय क्रिकेट काउन्सिल (आईसीसी) ‘वुमन अफ द इयर’ को उपाधि जित्न सफल स्मृति मंधना भारतीय महिला क्रिकेट टिकको ओपनिङ ब्याट्सम्यान हुन् । २२ वर्षीय सुन्दरी मंधनालाई धेरै भारतीय मोहित भए । उनी रातारात लाखौं युवाहरुको क्रश बन्न पुगिन् । 

 

दीपिका घोष

 

दीपिका घोषलाई मात्र ६ सेकेन्डको भिडियोले भाइरल बनायो । ५ मे मा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हैदराबाद र बैंलोरविरुद्धको खेलमा उनीमाथि मिडियाको आँखा पर्यो । चिन्नास्वामी रंगशालामा उनी रातो रंगको टप्स तथा जिन्समा रहेकी उनीमाथि क्यामेराम्यानको नजर पर्यो । सोही छोडो भिडियोमा सबैको नजर पर्यो र उनी रातारात भाइरल भइन् ।

 


थप समाचार

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

  • 2 hours ago
सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।

चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

  • 2 hours ago
चन्द समूहका केन्द्रीय नेता गिरफ्तार

बनेपा । नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्त

बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

  • 3 hours ago
बेलायतमा कोरोनाबाट थप १ भूपू गोरखाको निधन

लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।