के भारतीय क्रिकेट टिमका कप्तान कोहली विश्वकपकै लागि ‘भेगन’ बनेका हुन् त ?

Education Park

एजेन्सी । भारतीय क्रिकेट टिम यतिखेर इंग्ल्याण्ड र वेल्समा जारी क्रिकेट विश्वकप खेलिरहेको छ । विराट कोहलीको कप्तानीमा रहेको भारतले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ । त्यसोत, भारतलाई उपाधिको दावेदारको रुपमा पनि हेरिएको छ । 

 

विश्वकप सुरु हुनुभन्दा करिब ९ महिना अघि कोहलीले माछामासु, अण्डा, दूध, मह लगायतका खानेकुरा खाएका छैनन् । अर्थात् उनले ‘भेगन’ आहार लिन शुरू गरेका हुन् । 

 

उनी भेगन बन्नुको कारण विश्वकप क्रिकेटमा फिट हुने भन्ने रहेको छ । खेलाडीहरूको आहारकी विशेषज्ञ दीक्षा छाबडाका अनुसार भेगन खानेकुराले खेलाडीहरूको चोटपटक छिटो निको हुन्छ । भेगन बन्नेहरुले परिकारहरु मधुरो आगोमा पकाइएका खाने गर्छन् । त्यस्तै, दाल जस्ता अन्न खाने र उच्च फ्याटयुक्त एभोकाडो खाने  गर्छन् । 

छाबडाका अनुसार, चोट लागेको बेलामा उच्च चिनी भएको खानेकुरा र रातो मासु खाँदा शरीरलाई धेरै नै हानि पुग्छ । त्यसैले भेगन आहारले शरीरलाई विषाक्त तत्त्वबाट मुक्त गर्छ । यस्तोमा चोटग्रस्त खेलाडीले एन्टीअक्सिडेन्ट र भिटामिन लिनुपर्ने हुन्छ । त्यस्ता खानेकुराले घाउ सुन्निन दिँदैनन् र शरीरलाई विषरहित बनाउँछन् । 

 

 

भेगन आहारमा भिटामिनका साथसाथै फाइबरको मात्रा अधिक हुन्छ र यो मोटोपन कम गर्न सहायक हुन्छ । फाइबरयुक्त खानेकुराले पेट पनि भरिएको अनुभव हुन्छ र आवश्यकताभन्दा बढी खानेकुरा खाइँदैन । तर, जनावरबाट उत्पादित पदार्थ नखाँदा प्रोटीनको खुराकको कमी हुन पुग्छ । खेलमा प्रोटीन सेवन अति नै जरूरी हुन्छ । 

 

विश्वप्रसिद्ध फूटबल खेलाडी लियोनेल मेसी पनि खेल खेल्ने समयमा भेगन बन्ने गरेका छन् भने टेनिस खेलाडी सेरेना विलियम्स पनि भेगन बनेकी छन् । 

 


थप समाचार

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 15 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 22 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।