IIMS College

ISMT

HUB Education

बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बाजुरा। जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । सङ्क्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामिकात्तिकको जोरुपमा व्यापकरुपमा फैलिएको थियो । जुन सङ्क्रमणले करीब एक हजार २०० बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० को उपचार गरेको थियो । सङ्क्रमणकै कारण दुईको ज्यानसमेत गएको थियो ।

 

परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फुल्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रुप लिएको थियो । 

 

सङ्क्रमणले महामारीको रुप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्णरुपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिए । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

 


थप समाचार

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

  • 9 minutes ago
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

काठमाडौँ । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

  • 14 minutes ago
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

काठमाडौँ । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

महँगा गाडीको मागमा कमी आउन थालेपछि...

  • 17 minutes ago
महँगा गाडीको मागमा कमी आउन थालेपछि...

काठमाडौँ । सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।