पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो । यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउनका लागि प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको घोषणा गरेको थियो । 

 

वैशाखको बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी भ्रमण वर्षको आरम्भ हुने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई समेटेर विभिन्न कार्यक्रम गरिने छ । 

 

भ्रमण वर्षका क्रममा मायादेवी प्रसुतिमार्ग घोषणा एवं प्रसुति उत्सव गर्ने कार्यक्रम छ । यस्तै लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, मायादेवी मन्दिर परिषरमा दैनिक दिप प्रज्वलन, मासिक ‘फुल मुन डे’ उत्सव, धार्मिक यात्रा÷त्रिपिटक बाचन, पूजाआज योग तथा ध्यान शिविर, सडक प्रदर्शनीको आयोजना गरिने छ । 

 

बुद्धबारेको सडक प्रदर्शनी बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन, साहित्य प्रतियोगिता आयोजना गरिने छ । यसैगरी विश्वशान्ति सुमधुर साँझ, पर्यटक गाइड तथा स्वयमसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गर्ने योजना बनाइएको छ । भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा रहेको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गरिने कार्यक्रम छ । 

 

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट व्यवस्थापन गरेको जनाएको छ । पर्यटन मन्त्रालयले प्रस्ताव गरेको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय छ । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले छुट्याइएको बजेटमध्ये रु दुई करोड २७ लाख ९० हजार चालू आर्थिक वर्षमै खर्च हुने बताए । 

 

प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रय जगतमा लुम्बिनीको प्रचारप्रसार हुने र र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ । 

 

बुद्ध जन्मस्थल र बुद्ध पथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउन थालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताए । मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि प्रचारप्रसारमा महत्वपूर्ण साबित हुने बताए । 

 

लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने सचिव पौडेलको विश्वास छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्री लिला गिरीले बताए । 

 

भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गर्ने तयारी गरिएको छ । पर्यटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरको थियो । वैशाख पूर्णिमाबाट आरम्भ हुने भ्रमण वर्ष चैत्र पूर्णिमामा समापन हुनेछ । 

 

विश्वशान्तिको प्रतीक लुम्बिनीमा लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका ८७ देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनीमा सरदर वार्षिक १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आउँछन् । 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 2 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 3 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 3 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।