'भिजिट नेपाल २०२०' प्रबर्द्धनका लागि बेलायतमा २२ तयारी समिति (नामावली)

  • शुक्रबार, २९ चैत, २०७५
  • 1 week ago
  • युके

तस्विरहरु : शिव भण्डारी 

 

लण्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने लक्ष्यमा लण्डनस्थित नेपाली दूतावासको संयोजनमा यहांस्थित नेपाली समुदायको सक्रियता सुरु भएको छ ।

 

नेपाल भ्रमण वर्षको प्रबर्द्धन गराउने उद्धेश्यले बेलायतस्थित नेपाली समुदायभित्रका विभिन्न क्षेत्र, भूगोल, पेशा, जाति आदिलाई समेट्दै विभिन्न २२ वटा विषयगत समितिहरु गठन गरिएको छ ।

 

गत जनवरीमा राजदूत डा दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा गठित  नेपाल भ्रमण वर्ष उच्चस्तरीय मुल समिति बेलायतअन्तर्गत यी समितिहरु गठन भएका हुन् । 

विहिबार साँझ लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा समितिहरुको घोषणा गरिएको थियो । 

 

 

सबै समितिहरुको नामावली तल हेर्नुहोस् 

 

घोषित २२ वटै समितिमा संयोजक, सहसंयोजक र सचिव चयन भइसकेका छन् । उक्त समितिहरुमा काम गर्न ईच्छुक रहने सबैलाई समावेश गर्दै ती समितिहरुले आफै सदस्य थप गर्न सक्नेछन् । 

 

 

समितिहरु घोषणा गर्दै नेपाल भ्रमण वर्ष उच्चस्तरीय मुल समिति बेलायतका सदस्यसचिव तथा लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनु नै मुख्य लक्ष्य रहेको बताए । सम्पुर्ण समितिहरुले दूतावासको समन्वयमा आ आफनै ढंगले कार्यक्रम तथा योजनाहरु तर्जुमा गर्ने र आवश्यकताअनुसार दूतावासले प्रबद्र्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेदेखि अन्य सहयोग गर्ने जानकारी आरनले दिए । 

 

त्यसअवसरमा नेपाल भ्रमण वर्ष उच्चस्तरीय मुल समिति बेलायतका अध्यक्ष समेत रहेका राजदूत डा दुर्गाबहादुर सुवेदीले गठित तयारी समितिहरुले बेलायतमा नेपालको पर्यटन मात्र नभएर कला, संस्कृति, भाषा, खाना आदि सबैको प्रबद्र्धन गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरे । समितिहरु गठनको क्रममा दूतावासले बेलायतको नेपाली समुदायभित्रको सबै क्षेत्र, भुगोल, लिंग, पेशा, जाति आदिलाई समेट्ने कोशिस गरेको राजदूत डा सुवेदीको भनाइ थियो । 

 

नेपाल भ्रमण वर्षमा बेलायतबाट मात्रै १ लाख पर्यटक नेपाल पठाउने लक्ष्य दूतावासले लिएको छ । सन् २०१९ र २०२० मा बेलायतका विभिन्न क्षेत्रमा नेपालको कला, संस्कृति, भाषा, भेषभूषा, नाटक, संगीत, चलचित्र, खाना लगायतको प्रदर्शनी गराएर नेपालको पर्यटनको प्रबर्द्धन गराउने कार्यक्रम छ । 

 

 

समिति घोषणा कार्यक्रममा विभिन्न समितिहरुमा संयोजक तथा सदस्यको जिम्मेवारी पाएका नेपाली समुदायका अग्रज, व्यवसायी, भूपू गोर्खा, महिला, पत्रकार, युवा लगायतले पनि आफ्ना धारणाहरु राखेका थिए । नेपाल भ्रमण वर्षको प्रबर्द्धनात्मक कार्यक्रमहरुलाई बेलायतको नेपाली समुदाय भन्दा पनि बेलायती तथा गैरनेपाली समुदायहरुमा केन्द्रित गर्नुपर्ने राय उनीहरुको थियो ।

 

सोहि अवसरमा विभिन्न कार्यक्रमको शिलशिलामा बेलायतमा रहेका हास्य कलाकारहरु दमन रुपाखेती र शिवराम रिजाल जोगिन्दर, गायिका मिलन नेवार, गायक राजनराज शिवाकोटी , लोकदोहारी गायक मदन परियार र लोकदोहोरी गायिका सुनितामी परियारलाई दूतावासमा सम्मान गरिएको थियो । कलाकारहरुले पनि आ- आफ्नो प्रस्तुतिमार्फत कार्यक्रमका सहभागीहरुलाई मनोरञ्जन गराएका थिए । 

 

 

उच्चस्तरीय मूल समिति अन्तर्गत नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक र सफल बनाउन गठित समितिहरु : 

 

१  प्रचारप्रसार समिति

नरेश खपाङ्गी मगर, संयोजक

विपिन निरौला, सह संयोजक

संजयभक्त कंडेल, सह संयोजक

प्रमिला लावुहाङ राई, सचिव

 

२ ट्राभल एण्ड टुर्स समन्वय समिति

विराज भट्ट, संयोजक

अभिषेक भट्टराई, सह संयोजक

सन्तोष कार्की, सचिव

 

३ सामाजिक सञ्जाल समन्वय समिति

अन्जान बगाले, संयोजक

नरेन्द्र बस्नेत, सह संयोजक

एभरेष्ट गौतम, सह संयोजक

प्रकाश न्यौपाने, सचिव

 

४  साहसिक पर्यटन प्रबर्द्धन समिति

सोम सापकोटा, संयोजक

साना शेर्पा, सह संयोजक

मान प्रसाद गुरुङ, सह संयोजक

पाण्डव महतो, सचिव

 

५ नेपाली कुइजिन  समिति

कृष्ण तिमिल्सिना, संयोजक

यादव भण्डारी, सह संयोजक

विनोद बराल, सचिव

 

६ आदिवासी जनजाति साँस्कृतिक पर्यटन प्रबर्द्धन समिति

खुशी लिम्बु, संयोजक

मीन बहादुर गुरुङ, सह संयोजक

धर्म तामाङ, सह संयोजक

विमला सेने, सचिव

 

७ खेलकुद समिति

नविन गुरुङ, संयोजक

हयारी गुरुङ, सह संयोजक

सिदार्थ क्षेत्री, सह संयोजक

धन बहादुर सार्की, सह संयोजक

प्रशान्त कुवर, सचिव

 

८ कला, नाट्य तथा चलचित्र समन्वय समिति

सनम कुमार बैराग, संयोजक

प्रेम लामा, सह संयोजक

ज्ञानेन्द्र राउत, सह संयोजक

ध्रुव दत्त, सह संयोजक

निकेश लिम्बु, सचिव

 

९ संगीत तथा मनोरन्जन समिति 

सपन कुमार राई, संयोजक

चोक गुरुङ, सह संयोजक

सिम्मी पुन, सह संयोजक

वि.सी राई, सचिव

 

१० महिला समन्वय समिति

पुनम गुरुङ, संयोजक

प्रशुना कंडेल, सह संयोजक

अन्जना गुरुङ, सह संयोजक

विनु लामिछाने, सचिव

 

११ युवा परिचालन समिति 

ओजेश सिंह , संयोजक

जगन कार्की, सह संयोजक

नेशा गुरुङ, सह संयोजक

प्रतिमा जोशी, सह संयोजक

अनुशा घिसिङ, सचिव

 

१२ विद्यार्थी समन्वय समिति

पवन कंडेल, संयोजक

विष्णु गैरे , सह संयोजक

टेनिशा राना, सह संयोजक

सिर्जना गुरुङ, सचिव

 

१३ पेशागत समन्वय समिति

राजकुमार त्रिपाठी, संयोजक

डा.कमल अर्याल, सह संयोजक

विनोद विकास सिम्खडा, सह संयोजक

माया के.सी, सचिव

 

१४ उद्योग तथा व्यापार समन्वय समिति

कमल भण्डारी, संयोजक

रवि लामिछाने, सह संयोजक

विकास नेपाल, सह संयोजक

भीम सारु, सह संयोजक

दीपक श्रेष्ठ, सचिव

 

१५ साहित्य समन्वय समिति

कोमल प्रसाद श्रेष्ठ मल्ल, संयोजक

सुमलकमार गुरुङ, सह संयोजक

विकलचन्द्र आचार्य, सह संयोजक

मनोज अन्जान, सह संयोजक

विजय हितान, सचिव

 

१६ धार्मिक पर्यटन प्रबर्द्धन समिति

सूर्य प्रसाद उपाध्याय, संयोजक

नीलहरि घिमिरे, सह संयोजक

शिव भण्डारी, सह संयोजक

गोविन्द नेपाल, सचिव

 

१७ नेपाली भेषभूषा समन्वय समिति

सुशील प्रजापती, संयोजक

अन्जु तामाङ, सह संयोजक

भक्त दर्जी, सह संयोजक

मनीषा डंगोल, सचिव

 

१८ साँस्कृतिक पर्यटन प्रबर्द्धन समिति

सुशिला राई, संयोजक

भाग्यनारायण शाह, सह संयोजक

डम्बर सिङ प्रयास, सह संयोजक

सर्मिला सिंह शाह, सचिव

 

१९ इङल्याण्ड समन्वय समिति

श्रीप्रसाद जवेगु, संयोजक

सइन्द्र के.सी , सह संयोजक

देवीमाया पुन, सह संयोजक

ज्ञान तामाङ, सह संयोजक

मिलन घिमिरे, सचिव

 

२० वेल्स समन्वय समिति

खुशीमान गुरुङ, संयोजक

महादेव थापा, सह संयोजक

शोभा राना पोखरेल, सचिव

 

२१ स्कट्ल्याण्ड समन्वय समिति

विमल गिरी, संयोजक

कृष्ण देवकोटा, सह संयोजक

डा. भाष्कर अधिकारी, सह संयोजक

प्रकाश अर्याल, सचिव

 

२२ उत्तरी आयरल्याण्ड समन्वय समिति

नारायण कुँवर, संयोजक

लक्ष्मण चिमोरिया, सह संयोजक

विजया कार्की थापा, सह संयोजक

सन्तोष गैरे , सचिव

 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।