IIMS College

ISMT

HUB Education

रोग लाग्न नदिन भिटामिन ‘ए’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ । विशेष गरी, विकासोन्मुख देशमा भिटामिन ‘ए’को कमीको कारण विभिन्न समस्या आइरहेका हुन्छन् । नेपालमा ६ महीनादेखि पाँच वर्षसम्मका बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गरिन्छ । 

 

भिटामिन ‘ए’को श्रोतः

भिटामिन ए दुई प्रकारका हुन्छन् । भिटामिन ए बिटा क्यारोटिन र प्रिफर्मड भिटामिन । बिटा क्याटोरिन भिटामिन ए अन्तरगत अल्फाक्याटोरिन बिरुवाबाट पाइने भिटामिन हो । त्यस्तै प्रिफर्मड भिटामिन भित्र रेटिनोल, रेटिनेल, रेटिनोइक, एंसिड र रेटिनियल एस्टर पर्छन् । यो मासु र मासुजन्य खाद्यपदार्थमा पाइन्छ । 

 

पालुङ्गो, रायो र ब्रोकाउली लगाए हरिया सागसब्जी, गाँजर, फर्सी, गोलभेडासँगै पहेँलो जातका विभिन्न फलफूलका साथै माछा अण्डाको पहेँलो भाग, घ्यु आदि भिटामिन एको मुख्य श्रोत हुन् । 

 

भिटामिन ‘ए’का कमीका लक्षणः

महिलामा गर्भाधान नहुनु, घाउ वा चोटपटक लामो समयसम्म निको नहुनु, बच्चाको बिकासमा ढिलाइ, छाती र घाँटीमा संक्रमण, आँखा सुख्खा हुनु, रातको समयमा आँखा नदेख्नु ।

 

कमी हुँदा यस्ता स्वास्थ्य समस्याः

भिटामिन ‘ए’का कमीका कारण बालबालिकामा रतन्धोको समस्या हुने गरेको छ । एक अध्ययन अनुसार विश्वमा प्रत्येक वर्ष पाँच लाख बालबालिका रतन्धोबाट पीडित हुने गरेको तथ्यांक छ । 

 

भिटानि ए को कमी भएमा बच्चाको मांसपेसी र हड्डी कमजोर हुने हुन्छ । त्यस्तै, बच्चाको कपाल, फोक्सो, कोष बृद्धि आदिमा समस्या निम्तन्छ । 

 

भिटामिन ए को कमी भएमा बालबालिकाको पूर्ण शारीरिक तथा मानसिक विकासमा बाधा आउँछ । 

 

भिटामिन ए को कमीले बच्चासँगै आमाको स्वास्थ्यसमेत गम्भीर असर पार्छ । त्यस्तै रतन्धो, कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी जस्ता समस्या आउँछन् ।

 

छाला, श्वासप्रश्वास र प्रजनन स्वास्थ्यमा हुने विभिन्न समस्या देखा पर्छन् । त्यस्तै, बालस्वास्थ्यसम्बन्धी रोग, दादुरा, झाडापखाला लागिरहने, कुपोषण तथा छालाको रोग लाग्न सक्छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 7 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।