आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ । यी दुईबीच ‘भिटा’ भन्ने शब्द समानता छ । त्यस बाहेक यी दुई नितान्त भिन्न प्रकृतिमा चिज हुन् । 

 

स्कटल्याण्डकोे ग्लासगो शहर निवासी एक महिलाको आँखा सुख्खा हुने समस्या थियो । मेडिकल जर्नल ‘बीएमजे केस रिपोर्ट’ का  अनुसार ‘भिटा-पोस’ दिनुपर्ने ठाउँमा ती महिलालाई ‘भिटारोस’ दियो । 

 

लिङ्ग उत्तेजनाको समस्यामा प्रयोग गरिने चिज आँखाको समस्यामा प्रयोग भएपछि आमस्या त आउने नै भयो । पीडितको नाम खुलाइएको छैन । 

 

गलत औषधिको आँखामा परेपछि ती महिलाका आँखा सुन्निएका थिए । ‘भिटारोस’को प्रयोगपछि उनले आँखा धमिलो देख्न थालेकी थिइन् । त्यसको उपचार गर्न उनलाई एण्टिबायोटिक, लुब्रिक्यान्ट र स्टेरनेइड दिइएको थियो । 

 

केही दिनमै उनका आँखा गलत औषधिको प्रयोगबाट मुक्त त भए तर उनी ‘किर्नियल इरोजन’ नामक आँखाको समस्याबाट अहिले पनि पीडित छन् ।

 

यो घटनापछि ग्लोसगो टेनेन्ट इस्टिच्युड अफ अफ्थाल्मोलोजीले डाक्टरहरुलाई भविष्यमा होशियार रहन आग्रह गरेको छ । 

 

यो टिप्स आजको ‘सम्पूर्ण’ साप्ताहिकबाट ।

 


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 13 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 27 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 40 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।