सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । 

 

पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । 

 

मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले जानकारी दिए । 

 

सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरण गर्नसमेत चुनौती थपिएको कार्यक्रम अधिकृृत शाहीको भनाइ छ । 

 

मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उनले भने–“इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिलाहिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराधमा समेत वृद्धि भएको छ ।” 

 

सञ्चारको पहुँचमा सबै पुग्नु खुसीको कुरा हो, सञ्चारले एक ठाउँको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउँमा के भएको छ भन्ने हेर्नपनि सकिन्छ तर बैतडीका किशोरकिशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर विहे गर्ने साधन बनाएका छन् । 

 

फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरु बताउँछन् । 

 

“बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन्, उनीहरु मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्,” महिला विकास निरीक्षक विष्ना भण्डारीले बताए । 

 

बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि बैतडीमा धेरै छ । कोरोदान ग¥यो भने आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफै किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको छ । 

 

पछिल्लो समयमा सात, आठ कक्षामा पढ्ने विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरणमा साँच्चै लाग्ने हो भने १२ कक्षासम्म किशोरकिशोरीलाई मोबाइल बोक्न नदिने कानून बनाउन आवश्यक छ । 

 

सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहले विद्यालयमा मोबाइल फोनमासमेत प्रतिबन्ध लगाउन थालेका छन् । 

 

दोगडाकेदार गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालयमा मोबाइल बोक्न प्रतिबन्ध लगाएको सो गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । 

 

उनले भने–“मोबाइलको दुरुपयोगका कारण धेरै समस्या निम्तिएकाले विद्यालयमा मोबाइल प्रतिबन्ध लगाइएका हौं” 

 

सञ्चार साधनका गलत प्रयोग गर्दा यस्ता समस्या समाजमा आउने गरेका छन् । मोबाइल इन्टरनेटलाई सही सदुपयोग गर्न जाने सम्पूर्ण संसारलाई कोठाभित्रबाट हेर्न सकिन्छ । 


थप समाचार

बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

  • 1 minute ago
बलिउड कलाकारका बाल्यकालका तस्बिर, चिन्नै मुश्किल !

एजेन्सी । बलिउड स्टार सधै आफ्ना विलासी जीवनशैली र आफ्ना सुन्दर लुक्सका कारण चिनिएका छन् । जसको बारेमा धेरै कुरा जान्न फ्यानहरु सधै उत्सुक रहने गर्छन् ।

Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

  • 12 minutes ago
Natural disasters kill 454, damaging property worth Rs 4.5 billion in a year

Kathmandu: A total of 454 people lost their lives to several incidents of natural disasters last year in the country, the official data shows.

Unidentified gunmen kill 13 at Mexican party

  • 19 minutes ago
Unidentified gunmen kill 13 at Mexican party

MINATITLÁN, Mexico: Thirteen people, including a child, were killed Friday when a group of unidentified gunmen opened fire on a party in the violence-wracked eastern Mexican state of Veracruz, officia



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।