वेल्समा सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्षको स्वागत

  • मंगलबार, ३ बैशाख, २०७६
  • 2 months ago
  • युके
Education Park

 

वेल्स । नेपाली नयाँ वर्ष २०७६ वेल्सबासी नेपालीहरुले पनि एक कार्यक्रमका साथ मनाएका छन् । नेपाली समाज वेल्सको आयोजनामा नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार विविध सांस्कृतिक कार्यक्रमसहित उक्त कार्यक्रम सम्पन्न भयो । 

 

समाजका महासचिव अमरध्वज मल्ले सञ्चालन गरेको कार्यक्रमलाई अध्यक्ष अमृत घलेले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । अध्यक्ष घलेले शुभकामना मन्तव्य दिंदै सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । 

 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा लण्डन कलेजअफ क्रिएटिभिटि मेनेजमेन्ट र इस्लिंगटन कलेज,काठमाडौँका भाइस प्रिन्सिपल डा. साइमन जोन्स र गैरआवासीय नेपाली संघ बेलायतको राज्य समन्वय परिषद वेल्सका अध्यक्ष रामचन्द्र पोखरेल थिए । 

 

 

नयाँ वर्षको शुभकाना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमहरुबाट मनोरञ्जन लिन वेल्सका विभिन्न क्षेत्रको साथै ब्राइटन, ब्रिक्सटन र बर्मिंगहम लगायतका क्षेत्रबाट समेत कार्यक्रममा उपस्थिति थियो । 

 

कार्यक्रममा अध्यक्ष अमृत घले र उपाध्यक्ष निर लाल मोक्तानले खादा र प्रमाणपत्र वितरण गरी विभिन्न शैक्षिक योग्यता हासिल गर्नेहरुलाई सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा भुवन केसी खड्का ,सरोज लिम्बु, सन्दिप लिम्बु, आयुषमान श्रेष्ठ, आयुष्मा श्रेष्ठ, भिक्टोरिया केसी , सौभाग्य मोक्तान, सविना मल्ल, समिन पुन,सन्देश काफ्ले र विमेश थापा थिए ।

 

 

कार्यक्रममा कलाकारहरु मिगनोंन रेग्मी, आयुष्मा श्रेष्ठ, सिमरन अधिकारी, प्रदिप सुवेदी, अलिशा ओली, उमेशथापा, मिनराज थापा, संजीव मैनाली र पूर्ण चन्द्र लिम्बु लगायतले विभिन्न प्रस्तुति गरेका थिए । लक्ष्मी केसीले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

 

सांस्कृतिक कार्यक्रमपछि राफल ड्र पनि गराइएको थियो । जसमा बलराम अधिकारी, विनिता भट्टराई र बाबुराम खनाल क्रमश प्रथम, दोस्रो र तेस्रो पुरस्कार जित्न सफल भएका थिए । राफलको प्रथम पुरस्कार अमृत घले, दोस्रो पुरस्कार श्याम गुरुङ र तेस्रो पुरस्कार निर लाल मोक्तानले प्रायोजन गरेका थिए । 

 

समाजका उपाध्यक्ष निरलाल मोक्तानले कार्यक्रमका सहभागी तथा कार्यक्रम व्यवस्थापनका सहयोगी प्रकाश गुरुङ, विभूषणमान श्रेष्ठ, पूर्णचन्द्र लिम्बु, श्याम गुरुङ, अमर मल्ल, बलराम अधिकारी,  पदम पुन, राजेश राई, बल थापा, अमृत घले, शोभा राणा, लक्ष्मी केसी , शालिकराम काफ्लेसहित सम्पूर्ण कलाकारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 

 

 

तस्विरहरु : डा जीवन केसी

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 9 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 9 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र