IIMS College

ISMT

HUB Education

क्याट यूकेले नेपाल भ्रमण वर्षको प्रबर्द्धन गर्न लण्डनमा पदयात्रा गर्ने

  • मंगलबार, १ पुष, २०७६
  • 2 months ago
  • युके
क्याट यूके कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरु ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धनको लक्ष्यसहित लण्डनमा एक पदयात्रा आयोजना गर्ने भएको छ । 

 

आइतबार सम्पन्न कार्यसमितिको बैठकले आउँदो फेब्रअरी महिनामा 'वाक फर नेपाल' शीर्षकको कार्यक्रम गर्ने निर्णय गरेको हो । 

 

पदयात्रा लण्डनको मुख्य पर्यटकीय क्षेत्रहरुमध्येको एक ग्रीनवीच क्षेत्रमा आयोजना हुनेछ जहाँ बेलायती मात्र नभएर दिनहुँ हजारौं विदेशी पर्यटकको समेत ओहोरदोहोर हुने गर्छ ।  पदयात्राका क्रममा नेपालको पर्यटन र भ्रमण वर्षको प्रचार गर्ने खालका सामग्री, प्लेकार्ड तथा तस्विरहरु प्रदर्शन गरिनेछ । 

 

क्याट यूके अध्यक्ष जीवन सेनले पदयात्रा नेपाल भ्रमण वर्षको प्रचारप्रसार र सहयोगका लागि गर्न लागिएको भन्दै बेलायतको सिंगो नेपाली समुदायलाई सहभागिताका लागि आव्हान गरिने जानकारी दिए । 

 

नेपाल भ्रमण वर्षमा बेलायतबाट मात्रै १ लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यमा सघाउन क्याट यूकेले यो कार्यक्रम गर्न लागेको अध्यक्ष सेनले बताए । 

 

क्याट यूकेको कार्यसमिति बैठकले आउँदो वर्षका लागि अन्य विभिन्न महत्वाकांक्षी कार्ययोजनाहरु पनि तय गरेको छ । 

 

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको क्रिकेट रंगशाला, चितवनमा बनिरहेको अपांगमैत्री पुस्तकालय,  मानवसेवा आश्रम र १ करोड रुपियाको लक्ष्यमा स्थापित संस्थाको अक्षय कोषका लागि छुट्टाछुट्टै सहयोग तथा च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको छ । 

 

सोहि अवसरमा क्याट यूकेका नवमनोनित सल्लाहकार तथा एनआरएन यूकेका विभिन्न पदमा निर्वाचित संस्थाका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । सल्लाहकारहरुलाई स्वागत गर्दै संस्थाका संस्थापक तथा पूर्व अध्यक्षहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

 

एनआरएन यूकेमा निर्वाचित हुने आजीवन सदस्यमध्ये अध्यक्ष पुनम गुरुङ अनुपस्थित थिइन् भने उपाध्यक्ष सुनिलबाबु खड्का र इंग्ल्याण्ड परिषद कोषाध्यक्ष ध्रुवहरि बाँस्कोटालाई अध्यक्ष सेनले सम्मान गरेका थिए । 

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 59 seconds ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 14 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 21 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।