ओखर खाँदा यस्ता फाइदा मिल्छ

ओखरलाई उत्तम ड्राइफुडको रुपमा लिइन्छ । कतिपय ड्राइफुडले स्वास्थ्यलाई बेफाइदा गराउँछ तर, ओखरको मात्र मिलाएर खायो भने यसले अत्यान्त फाइदा गराउँछ ।

 

मुटु बलियो बनाउँछ

 

ओखरमा ओमेगा–२३ तथा मोनोस्याचुरेटेड फ्याट प्रचुर मात्रामा पाइन्छ । ओखरमा पाइने विभिन्न तत्वल मुटुलाई कोलेस्टेरोललगायत समस्याबाट जोगाउँछ । हरेक दिन २५ ग्राम ओखर खानाले उच्च रक्तचाप र मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ ।

 

हड्डी बलियो बनाउँछ

 

ओखरमा पाइने लिनोलिक एसिड, अल्फा लिनोसलक एसिडले हड्डीलाई मजबुत बनाउँछ । यी तत्वले क्याल्सियम सोस्ने र हड्डीमा क्याल्सियम बनाउने क्षमता बढाउँछन् । साथै, पिसाबबाट बढी क्याल्सियमको निकास हुन पनि रोक्छन् ।

 

शरीरको समग्र प्रणाली सुधार्छ

 

ओखरमा पाइने विभिन्न प्रकारका एसिडले शरीरमा खनिजको मात्रा घटाउँछ । ओखर खानाले शरीरमा कपर, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंकलगायत खनिजको कमी हुन पाउँदैन । यसले शरीरको वृद्धि र विकास, वीर्य उत्पादन, पाचन आदिमा सघाउ पु¥याउँछ ।

 

मधुमेहमा राहत दिन्छ

 

मधुमेहका रोगीले दिनहँु ओखर खानु उपयुक्त हुन्छ । दिनहँु ओखर खाँदा वजन पनि बढ्दैन । ओखरमा प्रचुर मात्रामा पाइने पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले रगतमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

 

क्यान्सरबाट जोगाउँछ

 

ओखर खानाले शरीरमा क्यान्सरग्रस्त कोषिकाहरूको वृद्धि कम हुन्छ । ओखरमा पाइने फेनोलिक कम्पाउन्ड र एन्टी अक्सिडेन्टले क्यान्सरग्रस्त कोषिकाको वृद्धिमा अवरोध सिर्जना गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

 

जलन कम गर्छ

 

ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

 

भिटामिन प्रदान गर्छ

 

ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६जस्ता अत्यावश्यक तत्वमा पाइन्छन् ।

 

अनिद्रा भगाउँछ

 

अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 9 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।