सन् १९६५ को भारत–पाकिस्तान युद्धको बारेमा जान्नै पर्ने १० तथ्यहरु

सन् १९६५ मा भएको भारत–पाकिस्तान युद्धको सुरुवात पाकिस्तानी सेनाले गरको थियो । यो युद्ध पाकिस्तानी सेनाले काश्मिरको युद्धविराम रेखानजिक कभर्ट अप्रेशन सञ्चालन गरेपछि सुरुभएको थियो ।

 

पाकिस्तानले सबैभन्दा पहिले कुचको कन्जरकोट क्षेत्रमा आक्रमण गरेको थियो । यसैको फलस्वरुप पछि जम्मू काश्मिरका अन्य क्षेत्रहरुमा युद्ध  सुरु भयो । युएनले हस्तक्षेप गरेपछि मात्रै यो युद्ध साम्य भएको थियो ।

 

यस्ता छन् सन् १९६५ को भारत–पाकिस्तान युद्धका १० रोचकतथ्यहरु

 

१. यो युद्धलाई दोस्रो विश्वयुद्धपछिको एक डरलाग्दो तरिकाले लडिएको युद्धको रुपमा लिइन्छ । जुन भारतको पश्चिमी कुच क्षेत्रबाट सुरु भएर काश्मिर सम्म पुगेको थियो ।

 

२. यो युद्ध सन् १९६५ को जनवरीमा पाकिस्तानी सेनाले अपरेसन डेजर्टहकको नाममा कुचमा अपरेशन गरेपछि सुरु भएको थियो । पाकिस्तानी सेनाको रणनीति कुचमा भारतिय सेनालाई व्यस्त बनाएर त्यही मौकामा काश्मिरमा पाकिस्तानले आक्रमण गर्ने थियो ।

 

३. कुचको रण क्षेत्रको अपरेसन पछि करिब ३३ हजार पाकिस्तानी सेना काश्मिरको लाइनअफ कन्ट्रोल पार गरेर भारततर्फ छिरे जसलाई ‘अपरेशन जिब्राल्टर’ नाम दिइयो । तर, यो कुरा भारतिय रक्षा मन्त्रालयले एक हप्ता पछिमात्रै थाहा पायो ।

 

४.त्यसै वर्षको अगस्ट २८ मा भारतिय सेनाले आक्रमण सुरु गरेर पाकिस्तान भित्र आठ किलोमिटर छिरेर हाजीपिर पास कब्जा गर्यो । यो भारतिय सेनाको लागि महत्वपूर्ण विजय थियो । 

 

५. त्यसपछि पाकिस्तानी सेनाले पनि जम्मू कश्मिरको अखनुर क्षेत्रमा सेप्टेम्बर १ बाट अपरेशन ग्य्रान्डस्ल्याम सुरु गर्यो । यसको विचार भारतिय सेनाको सप्लाई लाइन काटेर अखनुरलाई आफ्नो कब्जामा लिने थियो । पाकिस्तानी सेनाले च्याम्ब र जुरियन क्षेत्रमा भारी गोलाबारी सुरु गरे ।

 

६. अखनुर क्षेत्रमा पाकिस्तानी आक्रमणपछि तत्कालिन भारतिय रक्षा मन्त्री एस. बि चौहानले भारतिय वायु सेनालाई युद्धमा सामेल गर्ने निर्णय गरे । भारतिय सेनाको ४५ औं स्क्वाडोनलाई पाकिस्तानी फोर्सलाई आक्रमण गर्न खटाइयो ।

 

७. भारतिय प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतिय सेनालाई पाकिस्तानमाथि आक्रमण गर्ने अनुमती दिए । यसपछि पहिलोपटक भारतिय सेनाले अन्तराष्ट्रिय सिमा नाघेर लाहोरमा आक्रमण गरेको थियो ।

 

८. पाकिस्तानी सेनाले पनि जवाफमा आफ्नो नयाँ प्याटोन ट्यांकले आक्रमण सुरु गर्यो । भारत–पाकिस्तानमा युद्धमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो ट्यांक लडाँई भयो । पाकिस्तानी सेना ९७ वटा नयाँ ट्यांकलिएर अमृतसर तर्फ अगाडि बढ्यो । त्यसपछि उनीहरुले खेम करण र मुन्ना बाओमा कब्जा जमाए । लडाँईमा धेरै उतार चढावपूर्ण कार्य भए र अन्तिममा भारत–पाकिस्तान युद्ध भारतको तर्फमा भयो जसले पाकिस्तानलाई आत्मसमर्पण गर्न बाध्य बनायो । 

 

९. भारतिय सेनाको हवल्दार अब्दुलहमिदले एक्लैले रिकन्सिलेस फिट गरिएको जिपमा बसेर ७ वटा प्याटोन ट्यांक ध्वस्त गरिदिए । यो लडाँई पछि प्याटोन नगर नामको शहरको निर्माण भयो । पाकिस्तानले धेरै प्याटोन ट्यांक जम्मा गरेको ठाँउ भारतिय सेनाले ध्वस्त गरेको थियो । यसपछि हमिदलाई भारत सबैभन्दा ठूलो पदक परमबिर चक्र प्रदान गरिएको थियो ।

 

१०. भारतिय सेनाले पाकिस्तानी ट्यांकहरु कब्जा गरेर निर्णायक युद्ध जितेपनि सेप्टेम्बर २२ मा दुवै पक्षले सयुंक्त राष्ट्रसंघको आह्वानमा युद्धविराम गर्ने सम्झौता  गरे जसले यो युद्धको अन्त्य भयो ।

 


थप समाचार

पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

  • 2 minutes ago
पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताएको छ । उनले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताए । डब्लुडब्लुएफ नेपालको २६ औँ

असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

  • 6 minutes ago
असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीक

यस कारण लाग्छ मानसिक रोग

  • 20 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।