IIMS College

ISMT

HUB Education

काठमाडौँ महानगर क्षेत्रका पाँच स्थानमा ‘वाटर एटीएम’ जडान हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।

 

महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

 

सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्रका धुम्रबराहीको शंखपार्क, स्वयम्भूको भूइँखेल, बालाजु पार्क, वडा नं २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटीएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौताअनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्नेछ ।

 

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २०० मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटीएममै व्यवस्था गरेको कागजबाट निर्मित २०० मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक रुपैयाँ लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । उनका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको रु पाँच तिरे पुग्छ । यो सेवाले एक बोतल पानीको २०–२५ रुपैयाँ तिर्नुपर्ने बाध्यतामा पनि कमी आउनेछ ।

 

महानगरपालिकाले तोकेका स्थानमा बोर्डले तीन महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटीएम रु १५ लाख ८६ हजारको लागतमा पाँच एटीएम राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भइरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्न यो प्रयासको थालनी गरेको बताए । प्रमुख शाक्यले भने, “यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पुर्याउने हाम्रो लक्ष्य छ, तपाईंहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।”

 

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ तथा गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए । बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता एटीएम राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताए । अहिले हरेक वाटर एटीएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उनले बताए । 

 

“प्रविधिसँग सामिप्यता बढाउन पनि यस्तो कार्यक्रम ल्याएका हौँ”, उनले भने, “पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ, त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ, त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ ।”


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 13 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 33 minutes ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 45 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।